मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

यू-१९ विश्वकप छनोटको आयोजना नेपालबाट खोसियो

यू-१९ विश्वकप छनोटको आयोजना नेपालबाट खोसियो


भूकम्पको कारण देखाउँदै यू-१९ विश्वकप छनोट क्रिकेटको आयोजना नेपालबाट खोसिएको छ । अब मलेसियामा हुनेछ ।
 
David-Richardsonअन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यू-१९ विश्वकप छनोट क्रिकेट मलेसियाको राजधानी क्वालालम्पुरमा सार्ने निर्णय गरेको हो ।
ईसीसीका मुख्य कार्यकारी अधिकारी डेभिड रिचर्डसनले नेपाल क्रिकेट संघ क्यानसँगको परामर्शमा आयोजना स्थल परिर्वतन गरिएको बताएका छन् ।
 
उनले नेपालको क्रिकेट विकासका लागि सहयोग गर्न आईसीसी तयार रहेको भन्दै अक्टोबरमा हुने बोर्ड बैठकमा यसबारे छलफल हुने बताए ।
 
आगामी अक्टोबर १४ देखि २३ सम्म हुने यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालसँगै आयरल्याण्ड, पपुवा न्यूगिनी, युगाण्ड र अमेरिकाले खेल्नेछन् ।