मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

बिरालोको आचीबाट बन्छ दुनियाको सबैभन्दा महंगो कफी !

बिरालोको आचीबाट बन्छ दुनियाको सबैभन्दा महंगो कफी !


विश्वको सबैभन्दा महंगो कफी को नाम हो कोपी लुवाक । इण्डोनेसियाको मनिला कफी हाउसले उत्पादन गरेरे बेच्ने यो बहुमुल्य कफी के बाट तयार गरिन्छ होला ? सुन्नुभयो भने तपाइँ झसँग हुनुहुनेछ, किनकी यो कफी जंगली जनावरको दिसाबाट बनाइन्छ ।
जनावरको दिसाबाट कफी ? अनि त्यो पनि दुनियाकै महंगो ? हो, पाम सिभेट भनिने जंगली बिरालोको दिसाबाट तयार पारिने यो कफीको मूल्य एक किलोको ७ सय अमेरिकी डलर अर्थात् ७० हजार रुपैयाँ पर्छ ।
 
वास्तवमा बिरालोले हग्राएको सबै गुहुबाट कफी बनाइने चाहीँ होइन । बिरालोको दिसामा हुने कफीका बियाँलाई केलाएर, ती बियाँलाई सफा गरेर ती बियाँबाट मात्र कोपी लुवाक बनाइन्छ ।
 
पाम सिभेटले जंगली रेड कफीको फल खान्छ । रेड कफीको फलको बाहिरी भाग त उसले पचाउँछ तर भित्री बियाँ भने पच्दैन । अनि त्यो बियाँलाई बिरालोले दिसासँगै बाहिर निकाल्छ । बिरालोको दिसामै मिसिएर बाहिर निस्किएका कफीका बियाँलाई जम्मा गरेर, प्रशोधन गरेर त्यसबाट कफी तयार गर्ने गरिन्छ ।
पाम सिभेटले दिसा गरेको रेड कफीको बियाँ पाउन निकै कठीन हुने र यो दुर्लभ हुने भएकाले त्यसबाट बन्ने कफी निकै महंगो हुने गरेको हो । बिरालोको पेटबात्र निस्केका कफीका बियाँबाट बनेको कफीमा विशेष तत्व पाइने र त्यो स्वास्थ्यका लागि लाभदायी हुने विश्वास रहेको छ ।