मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

पति बिरालो मरेपछि कुकुरसँग बिहे

पति बिरालो मरेपछि कुकुरसँग बिहे


हल्याण्ड । हल्याण्डकी डोमिनिक लेस्बिरेल नाम गरेकी युवतीले आठ वर्षअघि विरोलोसँग बिहे गरेकी थिइन । डोएरेक नाम गरेको सो बिरोले १९ वर्षको उमेरमा किड्नी फेल भएर मरेपछि डोमिनिक विधवा भइन् ।
 
४१ वर्षीया उनले आफ्नो जीवनलाई पुनः हराभरा बनाउने सोचेकी छिन् । यसका लागि उनले कुकुरलाई नयाँ पतिका रुपमा वरण गर्ने निश्चय गरेकी छिन् । आफूले पालेका मध्ये प्रिय कुकुरलाई पति बनाउने निश्चय आफूले गरेको उनले बताइन् । ‘अहिले तुरुन्तै म उनीसँग बिहे गर्दिन,’ कुकुरलाई सुम्मसुमाउदै उनले भनिन,’तर, केही समय पछि बिहे गर्ने तय गरिसकेकी छु ।’
 
आफूले जस्तै अरुले पनि घरमा पालेको कुकुरसँग बिहे गर्नुपर्ने उनी बताउँछिन् । ‘घरमा बाघ, भालु, चितुवा आदि पाल्नु भएको छ भने उनीहरुसँग बिहे गर्नुस भनेर म भन्दिन । तर हानी नगर्ने जनावर घरमै छन भने छन भने बेहुला खोज्न अन्त किने भौँतारिने रु’ उनको प्रश्न छ ।
 
बिहे गरेर घरमा पालेका जनावरप्रति प्रेम व्यक्त गर्न सकिने उनी बताउँछिन् । ‘मैले जनावरसँग प्रेम गरेको र बिरालोसँगको बिहेपछि कुकुरसँग बिहे गर्न लागेको खबर सुनेर केही क्रुद्ध मानिसले मलाई मार्ने धम्की दिए,’ उनी भन्छिन, ‘तर, कुकुरलाई दोस्रो पति बनाउनबाट मलाई कसैले रोक्न सक्दैन ।’–एजेन्सी