मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

वर्षाले खेल हुन नसकेपछि स्कटल्याण्ड र नेदरल्याण्डलाई संयुक्त उपाधि

वर्षाले खेल हुन नसकेपछि स्कटल्याण्ड र नेदरल्याण्डलाई संयुक्त उपाधि


वर्षाले खेल हुन नसकेपछि ट्वान्टी ट्वान्टी विश्वकप छनोटको उपाधि स्कटल्याण्ड र नेदरल्याण्डले संयुक्त रूपमा प्रदान गरिएको छ । 
 
डल्बिनस्थित रंगशालमा आईतवार वर्षाले खेल अवरुद्ध भएको हो । खेल अवरुद्ध भएपछि स्कटल्याण्ड र नेदरल्याण्डले उपाधि बाँडेका हुन् । 
 
यसअघि हङहङ र आयरल्याण्डबीच तेस्रो स्थानका लागि भएको खेलमा पनि वर्षा बाधक भएर आयरल्याण्डलाई तेस्रो र हङहङलाई चौथो बनाइएको थियो।
 
हङहङलाई हराएको स्कटल्याण्ड र आयोजक आयरल्याण्डलाई हराएको नेदरल्याण्ड उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गरेका थिए। तर आइतबार भएको निरन्तर वर्षाले खेल प्रभावित भएको थियो।
 
प्रतियोगितमा अफगानिस्तान पाँचौ र ओमान छैठौ भएका थिए। नेपाल समूह चरणबाटै बाहिरिएको थियो।