मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सागर र जितेन्द्र फर्किए

सागर र जितेन्द्र फर्किए


काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सागर पुन र बलर जितेन्द्र मुखिया स्वदेश आइपुगेका छन्। ट्वान्टी–२० विश्वकपमा छनोट हुन असफल भएको नेपाली टोली आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा छ।
 
उक्त टोलीमा नअटाएका उनीहरूसँगै ओपनर एवं विकेटकिपर सुवास खकुरेल र विनोद भण्डारी पनि नेपाल आउने तयारीमा रहेको नेपाल क्रिकेट संघ(क्यान)का महासचिव उत्तम कर्माचार्यले जनाएका छन्।
 
स्कटल्यान्डमा नेपालले विश्व क्रिकेट लिग खेल्नुअघि स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने योजना बनाएको छ। नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग ५० ओभरको दुई खेल खेल्नेछ। पहिलो खेल जुलाई २९ र दोस्रो ३१ मा हुनेछ। राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेका अनुसार नेपालले लिग च्याम्पियनसिपअघि स्थानीय टोलीसँग अभ्यास खेल्ने छ। उनले भने, 'हामीले स्कटल्यान्डको स्थानीय क्लबसँग दुई खेल खेल्ने प्रयास गरिरहेका छौं। यसले टोलीलाई च्याम्पियनसिपअघि कमजोरी सुधार्न सहयोग गर्नेछ।'
 
उक्त टोलीमा विकेटकिपर एवं ओपनर महेश क्षेत्री, अलराउन्डर पृथु बास्कोटा र बलर अविनाश कर्णलाईसमावेश गरिएको क्यानले जनाएको छ।
 
अर्को वर्ष भारतमा हुने ट्वान्टी–२० विश्वकपका लागि भएको आयरल्यान्डमा भएको छनोटमा यात्रामा नेपालले खराब प्रदर्शन गरेको थियो।नेपालले ६ खेलमा अमेरिकालाईमात्र हराउन सक्यो।उक्त प्रतियोगितामा गरेको खराब प्रदर्शन सुधार्ने लक्ष्यसहित टोलीमा अन्य खेलाडीसमावेश गरिएको क्यानले जनाएको छ।
 
छनोट प्रतियोगिताका भएको बन्द प्रशिक्षणमा महेश, पृथु र अविनाश सहभागी भए पनि अन्तिम टोलीमा परेका थिएनन्। राष्ट्रिय प्रतियोगितामा म्यान अफ सिरिजबाट पुरस्कृत महेश र अनिल मण्डलले बैतडीविरुद्ध एकै इनिङमा दुईशतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। पृथु र हरिशंकर साह ब्रिस्टोल बंगलादेश क्रिकेट क्लबबाट खेल्नजुलाई ८ मा बेलायत गएका थिए।