मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सौर्य पम्पले बढायो तरकारी खेती

सौर्य पम्पले बढायो तरकारी खेती


धेरै पैसा कमाउने लोभमा मलेसिया, खाडीलगायतका मुलुकमा गाउँका युवा हानिँदा प्रेमबहादुर घर्तीमगर भने गाउँलेलाई समूहमा आबद्ध गरी व्यावसायिक तरकारी खेतीतर्फ क्रियाशील छन्। 
 
मिलिजुली तरकारी उत्पादन समूह गरी उनले गाउँलेको आर्थिक स्थितिमा सुधार ल्याउन तथा सामूहिक भावनाको अभिवृद्धि गरेका छन्। विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गरे मनग्ये आम्दानी पनि हुने भएकाले गाउँमै व्यावसायिक तरकारी खेती गर्न लागेको बताउने उनको यस योजनालाई ‘विनरक इन्टरनेसन’ले पनि सहयोग गरेको छ । 
 
पहिले सिँचाइको सुविधा नहुँदा अन्य अन्नबाली नहुने सुर्खेतको पोखरीकाँडा गाविस पङ्घाले गाउँका बासिन्दा वर्षमा एक याममात्र गरेको तरकारी खेतीबाट मुस्किलले गुजारा चलाउँदै आएका थिए। विनरक इन्टरनेसनले किसान परियोजनामार्फत पहिले व्यक्तिगत रुपमा तरकारी खेती गर्दै आएका उनीहरु अब सामूहिक रुपमा तरकारी खेती गर्न थालेका छन्। एक हजार २६० वाट क्षमताको सौर्य पम्पबाट सो समूहमा आबद्ध ३२ परिवारको १२० रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध भएपछि अब उनीहरु वर्षैभरि विभिन्न तरकारी लगाउन सक्ने भएका छन्। 
 
गाउँ तलको जुगेपानीखोला किनारमा इन्टेक बनाएर सौर्य पम्पबाट झन्डै ७० मिटरमाथि पानी तानेर सामूहिक रुपमा सिँचाइको प्रबन्ध मिलाइएको छ। सुरुमा त उनीहरुलाई यति तलबाट पानी तानेर माथि पाखोबारीमा सिँचाइ गर्न सकिन्छ भन्ने कुरामा नै विश्वास थिएन। प्राविधिकको सल्लाह र कार्यक्रमले पनि केही सहयोग गरेपछि नपुग रकम सदस्यबाट उठाएर उनीहरुले सो पम्प जडान गरेका हुन्। पहिले सुक्खा डाँडामा अहिले गोलभेँडा, बन्दा, काउली, बोडी, सिमीलगायतका तरकारी लटरम्म फलेको देख्दा गाउँलेहरु आश्चर्यचकित बनेका छन्। 
 
त्यतिकै मिल्किएको जमिनमा सिँचाइ सुविधा पुगेपछि अहिले किसानले विभिन्न जातका तरकारी खेती गरी राम्रो आम्दानी गर्न थालेका छन्। राजमार्ग नजिक भएकाले बजारको कुनै समस्या नभएको मतिसरा मसाङ्गी बताउँछन्। “सामूहिक रुपमा उत्पादन गरिएको तरकारी किन्न गाउँमै व्यापारी आउने हुँदा बजारसम्म लैजानुपर्ने समस्या पनि छैन” उनले भने।
 
पहिले एक याममा लगाएको तरकारी खेतीबाट कतिपयले  एक लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेकामा अब वर्षैभरि मौसमी र बेमौसमी तरकारी लगाएर त्यसको तेब्बर आम्दानी गर्न सकिनेमा उनीहरु ढुक्क देखिन्छन्। “सिँचाइ सुविधा पुगेपछि गाउँमै तरकारी खेती गरेरै वर्षमा दुई÷तीन लाख रुपैयाँ आम्दानी गर्न सकिने भएपछि किन विदेश जानुपर्‍याे,” स्थानीय सुजनकुमार राना भन्छन्– “किसानका लागि सिँचाइभन्दा ठूलो केही हुँदैन।” सुक्खा जमिनमा सिँचाइ पुर्‍याउन सकिएमा उत्पादन वृद्धि भई खाद्यान्नमा आत्मनिर्भर हुनुका साथै रोजगारी सिर्जना भई जीवनस्तरमा सुधार आउनेछ। 
 
पोखरीकाँडावासीले जस्तै छिन्चु गाविसका आठ जना किसानले पनि सामूहिक रुपमा सौर्य पम्प जडान गरी तरकारी खेती गर्न थालेका छन्। “अन्नबालीबाट भन्दा तरकारीजस्तो नगदेबालीबाट बढी आम्दानी हुने भएकाले व्यावसायिक तरकारी खेती गर्ने हाम्रो चाहनालाई सौर्य पम्पबाट सिँचाइ सुविधा उपलब्ध भएपछि पूरा भएको छ”, स्थानीय कृषक देव गुरुङ बताउँछन्। 
 
यसैगरी कपिलवस्तु धरमपानीयाका इन्द्रबहादुर कुर्मीले पनि ४१० वाटबराबरको सौर्य पम्पबाट जडान गरी आफ्नो पाँच बिगाहा जमिनमा सिँचाइ सुरु गरेका छन्। उनले गत मङ्सिरमा स्थापना गरेको पम्पबाट २६ मिटर गहिरो बोरिङबाट पानी तानेर सिधै खेतबारीमा सिञ्चित गरेका छन्। उनी भन्छन् “पहिले पानीको अभावमा बाँझै रहेको खेतबारीमा अहिले बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि विभिन्न अन्नबाली तथा तरकारी खेती गर्न सकेको छु।” 
 
सिँचाइ सुविधा पुग्न नसकेका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भौगोलिक विकटताका कारण राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार नहुँदा किसान मनसुन वर्षा र परम्परागत सिँचाइमा निर्भर हुन बाध्य छन्। देशका अधिकांश जनता कृषि क्षेत्रमा संलग्न रहे पनि सिँचाइको अभाव र परम्परागत कृषि प्रणालीमा निर्भर रहेकाले आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि नपुग्ने किसानको सङ्ख्या यहाँ ठूलो हिस्सा रहेको छ। 
 
तराई भेगका प्रायः ठाउँमा विद्युत विस्तार भए पनि केन्द्रीय लाइनको विद्युत् भरपर्दो नभएकाले डिजेल पम्पको प्रयोग हुने गर्दा कृषि उत्पादनको लागत महँगो पर्ने भएकाले विनरक इन्टरनेसनलले सौर्य पम्प प्रणाली जडान गरी किसानको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सौर्य पम्प परियोजना सुरु गरेको संस्थाका निर्देशक विनोद श्रेष्ठको भनाइ छ। 
 
सुरुवाती लागत बढी भए पनि शून्य मूल्य खर्चमा सञ्चालन गर्न सकिने साथै वातावरणमा नकारात्मक असर नपर्ने भएकाले सोलार पम्पप्रति किसान आकर्षित भएका छन्। यसको प्रयोग सिँचाइमा मात्रै सीमित नराखी खानेपानी सेवा तथा अन्य आयआर्जनका उद्योग व्यवसाय सञ्चालन गर्न सकिने विनरक इन्टरनेसनलका कार्यक्रम अधिकृत सन्दीप जोशी बताउँछन्। 
 
सौर्य पम्पबाट साना तथा मझौला कृषकका लागि साना सिँचाइ सुविधा पुग्नुका साथै घरेलु तथा सामुदायिक रुपमा खानेपानी तथा पशु फार्ममा आवश्यक पानीको आपूर्ति गर्न सकिन्छ। सहरी क्षेत्रमा अस्पताल, विद्यालय, क्याम्पसका छात्रवास, अग्ला अपार्टमेन्ट तथा हाउजिङ, होटल आदिमा सौर्य पम्पिङ प्रणाली प्रयोग गर्न सकिन्छ। राससधेरै पैसा कमाउने लोभमा मलेसिया, खाडीलगायतका मुलुकमा गाउँका युवा हानिँदा प्रेमबहादुर घर्तीमगर भने गाउँलेलाई समूहमा आबद्ध गरी व्यावसायिक तरकारी खेतीतर्फ क्रियाशील छन्। 
 
मिलिजुली तरकारी उत्पादन समूह गरी उनले गाउँलेको आर्थिक स्थितिमा सुधार ल्याउन तथा सामूहिक भावनाको अभिवृद्धि गरेका छन्। विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गरे मनग्ये आम्दानी पनि हुने भएकाले गाउँमै व्यावसायिक तरकारी खेती गर्न लागेको बताउने उनको यस योजनालाई ‘विनरक इन्टरनेसन’ले पनि सहयोग गरेको छ । 
 
पहिले सिँचाइको सुविधा नहुँदा अन्य अन्नबाली नहुने सुर्खेतको पोखरीकाँडा गाविस पङ्घाले गाउँका बासिन्दा वर्षमा एक याममात्र गरेको तरकारी खेतीबाट मुस्किलले गुजारा चलाउँदै आएका थिए। विनरक इन्टरनेसनले किसान परियोजनामार्फत पहिले व्यक्तिगत रुपमा तरकारी खेती गर्दै आएका उनीहरु अब सामूहिक रुपमा तरकारी खेती गर्न थालेका छन्। एक हजार २६० वाट क्षमताको सौर्य पम्पबाट सो समूहमा आबद्ध ३२ परिवारको १२० रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध भएपछि अब उनीहरु वर्षैभरि विभिन्न तरकारी लगाउन सक्ने भएका छन्। 
 
गाउँ तलको जुगेपानीखोला किनारमा इन्टेक बनाएर सौर्य पम्पबाट झन्डै ७० मिटरमाथि पानी तानेर सामूहिक रुपमा सिँचाइको प्रबन्ध मिलाइएको छ। सुरुमा त उनीहरुलाई यति तलबाट पानी तानेर माथि पाखोबारीमा सिँचाइ गर्न सकिन्छ भन्ने कुरामा नै विश्वास थिएन। प्राविधिकको सल्लाह र कार्यक्रमले पनि केही सहयोग गरेपछि नपुग रकम सदस्यबाट उठाएर उनीहरुले सो पम्प जडान गरेका हुन्। पहिले सुक्खा डाँडामा अहिले गोलभेँडा, बन्दा, काउली, बोडी, सिमीलगायतका तरकारी लटरम्म फलेको देख्दा गाउँलेहरु आश्चर्यचकित बनेका छन्। 
 
त्यतिकै मिल्किएको जमिनमा सिँचाइ सुविधा पुगेपछि अहिले किसानले विभिन्न जातका तरकारी खेती गरी राम्रो आम्दानी गर्न थालेका छन्। राजमार्ग नजिक भएकाले बजारको कुनै समस्या नभएको मतिसरा मसाङ्गी बताउँछन्। “सामूहिक रुपमा उत्पादन गरिएको तरकारी किन्न गाउँमै व्यापारी आउने हुँदा बजारसम्म लैजानुपर्ने समस्या पनि छैन” उनले भने।
 
पहिले एक याममा लगाएको तरकारी खेतीबाट कतिपयले  एक लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेकामा अब वर्षैभरि मौसमी र बेमौसमी तरकारी लगाएर त्यसको तेब्बर आम्दानी गर्न सकिनेमा उनीहरु ढुक्क देखिन्छन्। “सिँचाइ सुविधा पुगेपछि गाउँमै तरकारी खेती गरेरै वर्षमा दुई÷तीन लाख रुपैयाँ आम्दानी गर्न सकिने भएपछि किन विदेश जानुपर्‍याे,” स्थानीय सुजनकुमार राना भन्छन्– “किसानका लागि सिँचाइभन्दा ठूलो केही हुँदैन।” सुक्खा जमिनमा सिँचाइ पुर्‍याउन सकिएमा उत्पादन वृद्धि भई खाद्यान्नमा आत्मनिर्भर हुनुका साथै रोजगारी सिर्जना भई जीवनस्तरमा सुधार आउनेछ। 
 
पोखरीकाँडावासीले जस्तै छिन्चु गाविसका आठ जना किसानले पनि सामूहिक रुपमा सौर्य पम्प जडान गरी तरकारी खेती गर्न थालेका छन्। “अन्नबालीबाट भन्दा तरकारीजस्तो नगदेबालीबाट बढी आम्दानी हुने भएकाले व्यावसायिक तरकारी खेती गर्ने हाम्रो चाहनालाई सौर्य पम्पबाट सिँचाइ सुविधा उपलब्ध भएपछि पूरा भएको छ”, स्थानीय कृषक देव गुरुङ बताउँछन्। 
 
यसैगरी कपिलवस्तु धरमपानीयाका इन्द्रबहादुर कुर्मीले पनि ४१० वाटबराबरको सौर्य पम्पबाट जडान गरी आफ्नो पाँच बिगाहा जमिनमा सिँचाइ सुरु गरेका छन्। उनले गत मङ्सिरमा स्थापना गरेको पम्पबाट २६ मिटर गहिरो बोरिङबाट पानी तानेर सिधै खेतबारीमा सिञ्चित गरेका छन्। उनी भन्छन् “पहिले पानीको अभावमा बाँझै रहेको खेतबारीमा अहिले बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि विभिन्न अन्नबाली तथा तरकारी खेती गर्न सकेको छु।” 
 
सिँचाइ सुविधा पुग्न नसकेका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भौगोलिक विकटताका कारण राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार नहुँदा किसान मनसुन वर्षा र परम्परागत सिँचाइमा निर्भर हुन बाध्य छन्। देशका अधिकांश जनता कृषि क्षेत्रमा संलग्न रहे पनि सिँचाइको अभाव र परम्परागत कृषि प्रणालीमा निर्भर रहेकाले आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि नपुग्ने किसानको सङ्ख्या यहाँ ठूलो हिस्सा रहेको छ। 
 
तराई भेगका प्रायः ठाउँमा विद्युत विस्तार भए पनि केन्द्रीय लाइनको विद्युत् भरपर्दो नभएकाले डिजेल पम्पको प्रयोग हुने गर्दा कृषि उत्पादनको लागत महँगो पर्ने भएकाले विनरक इन्टरनेसनलले सौर्य पम्प प्रणाली जडान गरी किसानको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सौर्य पम्प परियोजना सुरु गरेको संस्थाका निर्देशक विनोद श्रेष्ठको भनाइ छ। 
 
सुरुवाती लागत बढी भए पनि शून्य मूल्य खर्चमा सञ्चालन गर्न सकिने साथै वातावरणमा नकारात्मक असर नपर्ने भएकाले सोलार पम्पप्रति किसान आकर्षित भएका छन्। यसको प्रयोग सिँचाइमा मात्रै सीमित नराखी खानेपानी सेवा तथा अन्य आयआर्जनका उद्योग व्यवसाय सञ्चालन गर्न सकिने विनरक इन्टरनेसनलका कार्यक्रम अधिकृत सन्दीप जोशी बताउँछन्। 
 
सौर्य पम्पबाट साना तथा मझौला कृषकका लागि साना सिँचाइ सुविधा पुग्नुका साथै घरेलु तथा सामुदायिक रुपमा खानेपानी तथा पशु फार्ममा आवश्यक पानीको आपूर्ति गर्न सकिन्छ। सहरी क्षेत्रमा अस्पताल, विद्यालय, क्याम्पसका छात्रवास, अग्ला अपार्टमेन्ट तथा हाउजिङ, होटल आदिमा सौर्य पम्पिङ प्रणाली प्रयोग गर्न सकिन्छ। रासस