अस्टिन, टेक्सस- वरिष्ठ चलचित्र निर्देशक तथा सञ्चारकर्मी नारायण पुरीलाई मातृशोक परेको छ। काठमाडौँस्थित आफ्नै निवासमा आज बिहान ८७ वर्षीया उनकी आमा चन्द्रकला पुरीको निधन भएको छ।
२०५४ सालमा पिता लाल पुरीको देहान्तपछि आमा चन्द्रकला पुरीले जीवनभर परिवारलाई माया र सद्भावका साथ सम्हाल्नुभएको थियो। उहाँका दुई छोरा र सात छोरी छन् भने नारायण पुरी उहाँका जेठा सुपुत्र हुनुहुन्छ।
नेपाली चलचित्र र सञ्चार क्षेत्रमा लामो समय देखि सक्रिय नारायण पुरीका लागि यो अपूरणीय क्षति हो। हिमालय खबर परिवार यस दुखद क्षणमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै पुरी परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ।
प्रतिक्रिया