मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण, कूटनीतिक समाधानको सम्भावना न्यून

युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण, कूटनीतिक समाधानको सम्भावना न्यून


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

किभ । रूसले युक्रेनमा युद्ध सुरु भएयताकै आफ्नो सबैभन्दा ठूलो हवाई आक्रमण र बमबारी गरेको एक युक्रेनी अधिकारीले आइतबार बताएका छन् ।

आक्रमणका कारण तीन वर्ष पुरानो युद्ध अन्त्य गर्ने प्रयासलाई थप कमजोर पारेको छ । समाचार संस्था एपीका अनुसार, रूसले युक्रेनमा कुल ५३७ ड्रोन र मिसाइल प्रहार गरेकोमा ४७७ ड्रोन र ६० मिसाइलहरू समावेश रहेको युक्रेनको वायु सेनाले बताएको छ । यीमध्ये २४९ वटा खसालिएका र २२६ इलेक्ट्रोनिक ज्यामिङको कारण हराएका बताइएको छ ।

प्रहार गरिएका ड्रोन र विभिन्न प्रकारका मिसाइलहरूको आधारमा यो हमला फेब्रुअरी २०२२ मा रूसको पूर्ण–स्तरीय आक्रमण सुरू भएयता देशमाथिको सबैभन्दा ठूलो हवाई आक्रमण भएको युक्रेनको वायु सेनाका सञ्चार प्रमुख युरिय इहनाटले द एसोसिएटेड प्रेसलाई बताए । यो आक्रमणले पश्चिमी युक्रेनसहित धेरै क्षेत्रहरूलाई निसाना बनाएको बताइएको छ ।

पोल्यान्ड र सहयोगी देशहरूले त्यहाँको हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न विमानहरू तैनाथ गरेको पोल्यान्डको वायु सेनाले बतायो ।

यसैबीच खेर्सन क्षेत्रमा ड्रोन हमलामा एकजनाको मृत्यु भएको गभर्नर ओलेक्सान्दर प्रोकुदिनले बताएका छन् । खार्किभ क्षेत्रमा ड्रोन कारमा ठोक्किँदा अर्का एकजनाको मृत्यु भएको गभर्नर ओलेह सिनिएहुबोभले बताए । चेर्कासीमा बालबालिकासहित ६ जना घाइते भएका क्षेत्रीय गभर्नर इहोर ताबुरेत्सले बताए ।

सुदूर–पश्चिमी लिभभ क्षेत्रमा, ड्रोहोबिच सहरमा ड्रोन हमलापछि एक औद्योगिक केन्द्रमा ठूलो आगलागी भएको छ, जसले स हरको केही भागमा बिजुली आपूर्ति अवरुद्ध गरेको थियो ।

युक्रेनको वायु सेनाले उसका पश्चिमी साझेदारहरूले आपूर्ति गरेको एफ–१६ युद्धविमानमध्ये हवाई निसाना खसाल्ने क्रममा क्षति भएपछि दुर्घटनाग्रस्त भएको र पाइलटको मृत्यु भएको थियो । एएफपी

शेयर गर्नुहोस:

243
Shares