मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

ब्राजिलमा तयार हुँदैछ भब्य ‘ओलम्पिक भिलेज’, के हो ओलम्पिक भिलेज ? (भिडियोसहित)

ब्राजिलमा तयार हुँदैछ भब्य ‘ओलम्पिक भिलेज’, के हो ओलम्पिक भिलेज ? (भिडियोसहित)


काठमाडौं, श्रावण ६ । ब्राजिलमा अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदका लागि खेलाडीहरु बसोबास गर्ने ‘ओलम्पिक भिलेज’ निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ ।
 
रियो दि जेनेरियोमा ओलम्पिक भिलेज बनाउने काम ८५ प्रतिशत सकिएको ठेकेदार कम्पनीको दाबी छ । सन् २०१२ बाट निर्माण सुरु भएको ओलम्पिक भिलेजमा हालसम्म ४ सय ८ अपार्टमेन्ट निर्माण भइसकेका छन् ।
 
आगामी वर्ष फेब्रुअरीको अन्तिमसम्ममा भिलेज निर्माणको सम्पूर्ण काम पूरा हुने बताइएको छ । त्यसपछि ओलम्पिक भिलेज ओलम्पिक आयोजक कमिटीलाई हस्तान्तरण गरिनेछ । कमिटीले आवश्यक फर्निचर तथा अन्य सामाग्री राखेपछि अपार्टमेन्टहरु खेलाडी बस्न तयार हुनेछन् । ओलम्पिक खेलकुद अर्को वर्ष जुलाईबाट सुरु हुँदैछ ।
 
यसपटक ओलम्पिक भिलेजमा अत्यधिक सोलर उर्जा र हरित प्रणाली प्रयोग गरिएको ब्राजिलियन अधिकारीहरुले दाबी गरेका छन् ।
 
विश्वमा अहिले ठूला खेलकुद प्रतियोगिताहरु आयोजना हुँदा खेलाडीलाई तारे होटेलको साटो स्पोट्र्स भिलेज बनाएर राख्ने गरिएको छ । सबै खेलाडीहरुका लागि तयार गरिने यी भवनहरु खेलकुद प्रतियोगिता सकिएपछि भने निजी प्रयोजनको लागि बिक्री गर्ने गरिएको छ । (एजेन्सी)