मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

जिम्बाबेले भारतलाई १० रनले हरायो

जिम्बाबेले भारतलाई १० रनले हरायो


 जिम्बाबेले भारतविरुद्धको ट्वान्टी ट्वान्टी क्रिकेटमा १० भारतलाई १० रनले हराएको छ ।
 
जिम्बाबेले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन मात्रै बनायो । भारतका रोविन उथप्पाले ४२, स्टुवार्ड बिन्नीले २४, सन्जु सामसोनले १९ तथा अक्षर पटेल र मुरली विजयले समान १३–१३ रनको योगदान दिए ।
 
जिम्बाबेका क्रेम क्रेमरले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । जिम्बाबेका चामु चिबाबाले ६७, हमिल्टन मासकाजाले १९ तथा सेन विलियम्सले १७ रन बनाए ।
 
भारतका भुवनेश्वर कुमार र मोहित शर्माले दुई दुई विकेट लिए । जिम्बाबेसँग भारत पराजित भएपछि दुई ट्वान्टी ट्वान्टीको सिरिज एक एकको बराबरी भएको छ ।