मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित

नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित


टी-२० विश्वकप छनोटमा शुक्रबार पपुवा न्यूगिनीसँग ८ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ ।
 
समूहको चौथो स्थानमा रहँदा विश्वकपको सम्भावना कायम राख्न अब नेपालले अन्तिम खेलमा जर्सीलाई मात्र हराएर पुग्दैन, हङकङले सबै खेल गुमाउनुपर्छ । कमजोर प्रदर्शन जारी राखेको नेपालले शुक्रबार पिएनजीसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
 
९४ रनको झिनो लक्ष्य पछ्याएको पिएनजीले १४.१ ओभरमा २ विकेट गुमाउँदै ९९ रन बनायो।
 
यो पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने सपना करिब समाप्त भएको छ । अब नेपालले विश्वकपमा पुग्न अन्य टिमको खेलमा भर पर्नुपर्ने भएको छ ।
 
नेपाललार्इ पराजित गर्ने क्रममा पिएनजीका लागि नटआउट रहेका असद भल्लले सर्वाधिक ३४ रन बनाए । त्यसैगरी टोनी उर्रले ३२ रनको योगदान दिए । किल पलको नाममा २२ रन रहयो ।
 
नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले १/१ विकेट लिन सफल भए ।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा ९३ रन मात्रबनाएको थियो । अघिल्ला खेलमाजस्तै आजको खेलमा पनि नेपालका भरपर्दा ब्याट्सम्याहरु फ्लप सावित हुँदा नेपाल झिनो स्कोरमा समेटिएको थियो ।