मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै, टेलिभिजनमा लाइभ हेर्न पाइने

नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै, टेलिभिजनमा लाइभ हेर्न पाइने


चितवन–ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले समुह चरणको आफ्नो पाँचौं खेलमा पपुवान्युगिनीको सामना गर्न लागेको हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ ।
यसअघि खेलका चार खेलमा दुईमा हार, एकमा जित र एक खेलमा अंक बाँडेको नेपाल पपुवा न्युगिनी विरुद्धको खेलमा जित निकाल्दै ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगिताका लागि छनौट हुने सम्भावना जीवितै राख्ने दाउका साथ मैदान उत्रने छ । नेपाललाई विश्वकपका लागि छनौट हुने सम्भावना कायम राख्नका लागि खेल जित्नैपर्ने दबाब छ ।
चार खेलबाट मात्रै ३ अंक जोडेको नेपाल समुह एको पाँचौं स्थानमा छ । तीन खेलबाट पाँच अंक जोडेको पपुवा न्युगिनी भने दोस्रो स्थानमा छ । जर्सी र आयरल्याण्डलाई पराजित गरेको पपुवा न्युगिनीले हङकङसँग अंक बाँडेको थियो ।पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराउनु
बाहेक नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन । वर्षाका कारण प्रभावित भएको नामिबियासँगको खेलमा अंक बाँडेको नेपाल त्यसपछिका दुई खेलमा पराजित भयो ।
तेस्रो खेलमा आयोजक आयरल्याण्डसँग ८ विकेट तथा चौंथो खेलमा हङकङसँग ५ विकेटले पराजित भएको नेपालले अब पपुवा न्युगिनीसहित जर्सीसँग मात्रै खेल्न बाँकी छ । यी दुवै खेलमा जित निकाल्दै सन् २०१६ मा भारतमा हुने विश्वकपका लागि छनौट हुने सम्भावना जिवित राख्नु नेपाली टिमको चुनौती हो ।
 
चार खेलबाटमात्रै ३ अंक जोडेको नेपाल समुह एको पाँचौं स्थानमा छ । तीन खेलबाट पाँच अंक जोडेको पपुवा न्युगिनी भने दोस्रो स्थानमा छ । जर्सी र आयरल्याण्डलाई पराजित गरेको पपुवा न्युगिनीले हङकङसँग अंक बाँडेको थियो ।
नेपाल र पपुवा न्युगिनीबीचको खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ । आयरल्याण्ड गएर प्रत्यक्ष हेर्न नपाएका धेरैले घरमै बसेर खेल हेर्न पाउने छन् । नेपाल र पपुवा न्युगिनीबीचको खेल स्पोर्टस च्यानल स्टार स्पोर्टस फोरले प्रत्यक्ष प्रशारण गर्ने छ । आइसिसीले विश्वकप छनौटका ५१ मध्ये २० वटा खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको छ । जर्सी विरुद्धको नेपालको शनिबारको खेल पनि प्रत्यक्ष प्रशारण हुनेछ ।