मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

रोमानियाका प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

रोमानियाका प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप


बुखारेस्ट (रोमानिया) । रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टालाई त्यहाँको सरकारी वकिलहरूले व्यापक भ्रष्टाचारको आरोप लगाउँदै अनुसन्धानको सिलसिलामा उनको सम्पत्ति रोक्का राखेका छन् ।
 
यसले उनीमाथि राजिनामाको दबाब सिर्जना गर्ने बताइन्छ । प्रधानमन्त्री पोन्टाले सन् २००७ र २००८ को बीचमा वकिल पेसा अपनाउँदै सरकारी कर छलेको, सरकारी रकम हिनामिना गरेको, ब्याजमा घोटाला गरेको र वकालत गर्दा अदालतलाई गलत सूचना दिई झुक्याएकोसमेत आरोप लगाइएको छ । त्यसताका पोन्टा मुलुकको सांसद समेत रहेका थिए ।
 
सरकारी वकिलको आरोपमा पोन्टाले रोमानियाका थुप्रै बैँकहरूका शेयर खरिद गरेका र तीन अर्पाटमेन्ट भवनसमेत रहेको उल्लेख गरिएको छ ।
 
केही महिना अगाडि पनि  एक लाख ७० हजार अमेरिकी डलर बराबरको दुई भवन र एक कार बेच्दासमेत कर छलेको आरोप लगाइएको छ । सन् २०१२ मा पोन्टा रामानियाको प्रधानमन्त्री पदमा नियुक्ति हुनु भएको थियो । 
 
प्रधानमन्त्रीलाई यसरी भ्रष्टाचारको आरोप लगाई सम्पत्तिसमेत जफत गर्ने माग गरिएको रोमानियामा यो पहिलो पटक हो । यस्तै ४२ वर्षीय पोन्टालाई भ्रष्टाचार विरुद्धको कार्यलयका सरकारी वकिलहरूले धेरै पटक सोधपुछ गरिसकेको समेत जनाइएको छ ।
 
तर पोन्टाले भने यस प्रकार आरोप अस्विकार गर्दै आएका छन् । आफू प्रधानमन्त्री पदमा रहेको देख्न नचाहने विपक्षीहरूले सरकारी वकिलसँग साठगाँठ गरी अनावश्यक झमेलामा पार्न चाहेको उनको भनाइरहेको छ । रासस÷एपी