मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

यौन जिवनसँग जोडिएका केही कानून

यौन जिवनसँग जोडिएका केही कानून


यौन जिवन भनेको एउटा यस्तो विषय हो जसका विषयमा कुरा गर्न जो कोही पनि हिच्किचाउँछ । पूर्वीय सभ्यताका देशहरुको समाजमा यौनको विषयमा खुल्ला बहस अलिक बर्जित नै छ । तर हाम्रोजस्तो देशमा मात्र होइन पश्चिमा देशहरुमा पनि ठाउँ हेरिकन यौनको विषयमा कतिपय कडा र अनौठा नियम कानून छन् ।
 
यौनको विषयमा विश्वका केही देशमा रोचक तथा कडा कानून छन् जो सुन्दैमा विश्वासै लाग्दैन ।
 
अमेरिकाको पश्चिमी प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको होलटाइम जागिर भन्नु नै पूरै राज्यमा घुम्नु र भर्जिन युवतीहरुकेा कौमार्य भंग गर्नु हो । यसमा उनीहरुलाई कानूनी छुट छ ।
 
बेलायतको लण्डनमा पार्किङ गरिएको मोटरसाइकलमा सहवास गर्नु बर्जित छ । यसो गर्नु अपराधको सूचिमा राखिन्छ र जेल सजाय समेत हुन्छ ।
इण्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा शिर छेदन गरेर मृत्युदण्ड दिइने सम्मको कानून रहेको छ ।
 
बहराइनमा पुरुष डाक्टरहरुका लागि मेडिकल जाँचका बेला महिलाहरुको यौनांग हेर्न छुट छ तर सिधा आँखाले महिला यौनांग हेर्न भने पाइँदैन । डाक्टरहरुले ऐनामा मात्र महिलाको यौनांग हेरेर आवश्यक उपचार गर्न पाउँदछन् ।
 
लेबनानमा यदि कोही पुरुषले कुनै भाले जनावरसँग सेक्स गरेको पाइयो भने उसलाई मृत्युदण्डको सजाय हुनसक्छ । तर यदि जनावर पोथी रहेछ भने कुनै सजाय हुँदैन ।
 
अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सेक्स गर्नु कानूनी मान्यता प्राप्त छ । तर यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ ।
बोलिभियाको सान्टाक्रुजमा कोहीपनि पुरुषले एकै ठाउँमा एकैपटकमा आमा र छोरीसँग यौनसम्पर्क गर्नु कानूनी रुपमा अपराध मानिन्छ । तर छुट्टा छुट्टै ठाउँमा र फरक फरक समयमा आमा र छोरीसँग यौन सम्पर्क गर्न भने पाइन्छ ।
 
मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन गतिविधि गर्नमा प्रतिबन्ध रहेको छ ।
 
अमेरिकाको नेभादामा पत्नीको अलावा अरु कुनै महिलासँग विना कण्डम यौन सम्पर्क गर्नु कानूनी रुपमा अपराध हो ।
 
अमेरिकाको एरिजोनामा मुखमैथुन गैरकानूनी छ । यद्यपि यसको पालना भने हुन सक्दैन ।
 
कतिपय मध्यपूर्वका देशमा इस्लामिक कानून अनुसार भेडासँग सेक्स गर्ने मानिसलाई सजायको रुपमा भेँडाकै मासु खानुपर्छ । -एजेन्सी