मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

टी-२० विश्वकप छनोटमा नेपालद्वारा अमेरिका ६ विकेटले पराजित

टी-२० विश्वकप छनोटमा नेपालद्वारा अमेरिका ६ विकेटले पराजित


काठमाडौं : टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । 
 
अमेरिकाले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीको मद्धतमा जित निकालेको हो । 
 
नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकाले दिएको लक्ष्य भेट्टाएको हो । 
 
अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले अन्तिम २ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । 
 
सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । अनिल २९ रनमा आउट भए ।
 
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४२ बलको सामना गर्दै ५२ रनको अर्धसतकीय पारी खेल्दै जितको आधार खडा गरे ।