यो कथा होइन

डेढ सय पेन्टी चोरिए, २ लाखको नोक्सानी

प्रकाशित |
ब्रा चोरबाट हैरान भएको अमेरिकाको एक फेन्सी स्टोरमा पेन्टी चोर पनि पल्केको छ । अमेरिकाको पेन्सिल्भेनियास्थित एक स्टोरबाट १ सय ४० जोर पेन्टी चोरी भएका छन् ।
 
विल्केस ब्यारी सहरस्थित उमिङ भ्याली मलका मालिकले गएको बिहिबार पसलबाट चोरले झण्डै डेढसय थान पेन्टी चोरेको उजुरी प्रहरीमा गरेपछि घटनाको खुलासा भएको हो । यी पेन्टीको मूल्य २ हजार १ सय ८० डलर अर्थात् २ लाख १० हजार रुपैयाँभन्दा बढि रहेको दाबी स्टोर मालिकको रहेको छ ।
 
स्मरण रहोस् उक्त मलबाट गएको फेब्रुअरी, मार्च र अपि्रलमा गरी डेढ सय वटा ब्रा समेत चोरी भएका थिए ।
 
अपि्रलमा भएको चोरीमा दुइजना महिला संलग्न भएको देखिएको थियो । सपिङ मलको सिसिटीभी फुटेजमा 
दुइजना महिलाले आफ्ना झोलामा ब्रा हरु कोचिरहेको देखिएको थियो ।
 
 चोरी भएका ब्राका कारण स्टोरलाई ७ हजार ७ सय डलर अर्थात् झण्डै ८ लाख रुपैयाँ नोक्सानी भएको थियो ।
पछिल्लो पेन्टी चोरीको प्रकरणमा कुनैपनि भिडियो तथा सुराकी प्राप्त नभएको बताइएको छ ।  - एजेन्सी

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया