मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

क्रिकेटको विश्व वरियता क्रममा नेपाल पहिलो पटक प्रवेश

क्रिकेटको विश्व वरियता क्रममा नेपाल पहिलो पटक प्रवेश


काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको वरियता क्रममा नेपाल १५औँ स्थानमा परेको छ । यो वरियता क्रमको अन्तिम स्थान हो । 
 
नेदरल्यान्ड्समा सम्पन्न चार अभ्यास खेलको शृङ्खला पूरा गरेसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । त्यस्तै, वरियता क्रमको पहिलो स्थानमा श्रीलङ्का, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेष्ट इन्डिज, पाँचौँमा पाकिस्तान, छैठौँमा साउथ अफ्रिका र सातौँमा न्युजिल्यान्ड छ । त्यसैगरी, आठाँैमा इङ्ल्यान्ड, नवौँमा बङ्गलादेश, दशौँमा स्कटल्यान्ड, एघारौँमा अफगानिस्तान, बा¥हौंमा नेदरल्यान्ड्स, तेहौँमा आएरल्यान्ड र चौधाँ स्थानमा जिम्बावे रहेका छन् । 
 
नेदरल्यान्ड्सको अभ्यास खेलमा भने नेपालले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन । चार खेल खेलेको नेपालले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने दोस्रोमा १०३ र तेस्रोमा १८ रनले नै पराजित भएको थियो । त्यस्तै, चौथो तथा अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको थियो ।
 
गत वर्ष बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टी–ट्वेन्टीको मान्यता दिएको थियो । रासस