मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विश्वका धनी मध्येका साउदी राजकुमारले ३२ अर्ब ‘दान’ दिने

विश्वका धनी मध्येका साउदी राजकुमारले ३२ अर्ब ‘दान’ दिने


विश्वका धनी मध्येमा पर्ने साउदी अरबका राजकुमार अलवालीद बिन तलालले आफ्नो सबै ३२ अर्ब डलर सम्पत्ति ‘दान’ दिने घोषणा गरेका छन् ।
 
आफू बिल र मेलिन्डा गेट्सद्वारा स्थापित गेट्स फाउन्डेसनबाट प्रेरित रहेको भन्दै ६० वर्षीय राजकुमार तलालले यो पैसा साँस्कृतिक समझदारी बढाउन, महिला सशक्तीकरण र ठूला विपदहरुमा राहत प्रदान गर्न प्रयोग गरिने बताए ।
 
‘फोब्र्स’ पत्रिकाका अनुसार तलाल विश्वका ३४औं धनी व्यक्ति हुन् । राजकुमारले यसअघि पनि आफैंले स्थापना गरेको एक धार्मिक संस्थालाई साढे तीन अर्ब डलर दान दिएका थिए ।
 
दान दिने निर्णयको सराहना गर्दै बिल गेट्सले यस्ता कामले विश्वलाई परोपकारी कर्ममा लाग्न प्रेरणा मिल्ने टिप्पणी गरेका छन् । (एजेन्सी)