मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाली किशोरलार्इ म्यान्चेस्टर युनाइटेडमा प्रशिक्षण

नेपाली किशोरलार्इ म्यान्चेस्टर युनाइटेडमा प्रशिक्षण


काठमाडौँ : एकजना नेपाली किशोरलाई बेलायतको विश्वविचर्चित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडमा फुटबल प्रशिक्षणको अवसर प्राप्त भएको छ ।
 
भर्खरै १३ वर्षमा उक्लिएका झापाका डेनियल डेभिड कटुवाललाई यो अवसर मिलेको हो । यसअघि नेपालीले त्यस्तो अवसर पाएका थिएनन् ।
 
आठ दिनको छोटो तर कडा प्रशिक्षण (म्यान्चेस्टर समर क्याम्प) लिन उनी बुधबार लन्डन प्रस्थान गरेका छन् । क्याम्पमा प्रवेश पाएपछि डेनियलले आठै दिन त्यहाँ कडा प्रशिक्षण लिनुपर्नेछ ।
 
उनी चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालका पुत्र हुन् । झापा घैलाडुब्बा-९ लक्ष्मीपुरका डेनियलले गत वर्ष २०१४ मा थाइल्यान्ड पुगेर फुटबल प्रशिक्षण लिएका थिए । डेनियलले थाइल्यान्डको बैंककमा प्रिमियर एकेडेमीमा दुई महिना लामो फुटबल प्रशिक्षण लिएका थिए ।
 
उनलाई स्कटल्यान्डका कोच केभिनले प्रशिक्षण दिएका थिए । उनी बैंककमै भएको क्रिसमस ट्रफी प्रतियोगितामा समेत सहभागी भएका थिए । प्रतियोगितामा डेनियलले उत्कृष्ट खेल प्रदर्शन गरेर प्रशिक्षक केभिनको मन जितेकाले केभिनले उनको खेलको प्रशंसा गरेका थिए । डेनियल हाल भने फुटबलर राजु शाक्यबाट नेसनल फुटबल एकेडेमी बानेश्वरमा प्रशिक्षण लिइरहेका थिए ।