मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

पौडी प्रतियोगितामा पत्रकारहरुको प्रतिस्पर्धा

पौडी प्रतियोगितामा पत्रकारहरुको प्रतिस्पर्धा


चितवन । खेलकुद पत्रकार मञ्च चितवनको आयोजनामा विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर विहीबार पौडी प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा पुरुष र महिला दुर्इ समूह बनाइ खेलाइएको थियो ।
 
सेन्ट्रल पाम होटल नारायणगढमा भएको प्रतियोगितामा पुरुष पत्रकारतर्फ हातेमालो साप्ताहिकका लक्ष्मण पौडेल पहिलो, खेलकुद पत्रकार मंच चितवनका सदस्य रमेश रानामगर दोस्रो र रासस चितवन प्रतिनिधि नारायण ढुङगाना तेस्रो भएका थिए ।
 
त्यस्तै महिला पत्रकारतर्फ कालिका एफएमकी गीता कुमाल पहिलो, क्रिष्टल टिभीकी संगिता आचार्य दोस्रो र सिनर्जी एफएमकी मनिषा श्रेष्ठ तेस्रो भइन् । प्रतियोगिताका विजयीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।
 
प्रतियोगितामा पुरुषतर्फ १९ जना र महिलातर्फ ८ जनाको सहभागिता रहेको थियो । खेलकुद पत्रकार मंच चितवनको आयोजनामा भएको उक्त पौडी प्रतियोगिताको प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकाल रहेका थिए ।
 
त्यस्तै विशेष अतिथिमा सेन्ट्रल पाम होटलका संचालक एवम् लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव सुवोध प्रधान र वल्र्ड वाइड डेभलपर्स कम्पनीका संचालक बचन कार्की रहेका थिए । अन्तराष्ट्रिय स्तरमा जुलाई २ तारीखका दिन विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिएको छ ।