काठमाडौं : नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोली पहिलो टी–२० मा घरेलु टोलीसँग १८ रने पराजित भएको छ ।
नेदरल्याण्ड्सको आम्सटालभिनमा टस जितेर पहिले ब्याटिङ्ग रोजेको घरेलु टोलीले जितका लागि दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै ११६ रनमा समेटिएको हो
लक्ष्य पछ्याउने क्रममा नेपाली कप्तान पारस खड्काले नटआउट रहँदै ४५ रनको योगदान दिएपनि अन्य नेपाली ब्याट्म्यान जम्न नसक्दा नेपाल पराजित भयो ।
नेपालका लागि ज्ञानेन्द्र मल्ले २४, राजेश पुलामीले १३ र शरद भेसवाकरले १० रन जोडे । नेपालका अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन् । नेपलाई हराउने क्रममा असन मलिकले ३ र टिम भानडेर गुटेनले २ रन लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका स्टिफन माइवर्गले अविजित ६७ रनको पारी खेलेपछि १३४ रनको मध्यम स्कोर बनेको थियो ।

माइवर्गले ६० बलको सामना गर्दै १ छक्का र ६ चौकाको मद्दतले उक्त रन जोडेका थिए । अन्य ब्याटसम्यानले भने कमजोर प्रदर्शन गरे ।
नेदरल्याण्ड्सका लागि माइकल रिपोनले अविजीत २५ रन, माइकल स्वार्ट ४, विस्ले वेरिस र पिटर सिलरले समान ६–६ रनमात्र जोडन सके । वेन कोपर सुन्यमा आउट हुँदा पिटर बोरेनले १५ रन बनाएका थिए ।
सुरुमा कमजोर बलिङ्ग गरेपनि खेलको मध्यतिर नेपालले कसिलो बलिङ्ग गरेको थियो तर अन्तिम ३ ओभरमा भने नेपालले रनको गति रोक्न नसक्दा पराजित हुन पुग्यो
प्रतिक्रिया