मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मानव बस्तीमा जहाज खस्दा १०० को मृत्यु (भिडियो सहित)

मानव बस्तीमा जहाज खस्दा १०० को मृत्यु (भिडियो सहित)


जकार्ता— ११३ जना चढेको इन्डोनेसियाली वायु सेनाको एउटा जहाज दुर्घटना भएर मानव बस्तीमा खस्दा कम्तिमा १०० जनाको मृत्यु भएको भएको छ। हर्कुलस सी-१३० जहाजमा सवार सबैको मृत्यु भएको शंका गरिएको छ। उडेको केही मिनेटमै जहाज उत्तरी सुमात्राको मेडन स्थित मानव बस्तीमा खसेको थियो।
 
वायु सेना प्रमुख अगुस सुप्रियत्नाले जहाजमा १२ जना चालक दल सदस्य र १०१ यात्रु रहेको बताए। ३ पाइलट, १ नेभिगेटर र ८ प्राविधिक भएको उनले जानकारी दिए।
 
कोही बाँचेको सूचना छ कि? भन्ने सवालमा उनले भने, 'छैन छैन। कोही बाँचेका छैनन्। म भर्खरै दुर्घटनास्थलबाट फर्किएको हुँ।' ४९ शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पताल पुर्यारइएको उनले बताए। उनका अनुसार पाइलटले इन्जिनमा समस्या आएको बताउँदै जहाज फर्काउन टावरसँग सम्पर्क गरेका थिए। 'विमानस्थल फर्किन दाहिने घुम्ने क्रममा जहाज दुर्घटना हुन पुग्यो', उनले भने।
 
मेडन सहरका प्रहरी प्रमुखले मृतकका शव व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई गाह्रो भइरहेको बताए।
 
जहाज एयर फोर्स बेसबाट दुर्गम नतौना आइल्यान्डका लागि उडेको थियो। स्थानीय समयअनुसार १२.८ मा उडेको जहाज दुई मिनेटपछि तीन माइल टाढा गएर दुर्घटनाग्रस्त भएको थियो। -एजेन्सी