मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

जर्मनी र अमेरिका आज भिड्दै

जर्मनी र अमेरिका आज भिड्दै


ओटावा: महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार हुने पहिलो सेमिफाइनलमा जर्मनी र अमेरिका भिड्ने भएका छन्।  बुधबार हुने दोस्रो सेमिफाइनलमा भने जापानले इङल्यान्डको सामना गर्नेछ। अमेरिका र जर्मनी यो प्रतियोगिताको उपाधि जितेर नयाँ इतिहास रच्ने दाउमा छन।
 
यी दुवै टोलीले हालसम्म दुईदुई पटक प्रतियोगिताको उपाधि जितेका छन् अमेरिकाले सन् १९९१ र सन् १९९९ मा विश्वकपको उपाधि जितेको थियो। युरोपियन च्याम्पियनसमेत रहेको जर्मनीले भने सन्् २००३ र सन्् २००७ मा उपाधि उचालेको थियो।
 
अमेरिका र जर्मनी महिला फुटबलका बलिया टोली हुन्। दुईपटक उपाधि जितेको अमेरिका सन्् २०११ को उपविजेता पनि हो । अमेरिका सन्् १९९५, २००३ र सन्् २००७ मा तेस्रो भएको थियो। 
 
जर्मनी सन् १९९५ को उपविजेता हो । सन् १९९१ मा जर्मनी तेस्रो भएको थियो।
 
जर्मनीकी प्रशिक्षक सिल्भा नेडले फ्रान्सविरुद्धको खेललाई स्मरण गर्दै उक्त खेलको नतिजाले खेलाडीको निकै आत्मविश्वास बढाएको बताइन्।  उनले विश्वका उत्कृष्ट चार टिमसँग कस्तो नतिजा निस्कन्छ भनेर अनुमान लगाउन नसकिने धारणा व्यक्त गरे।
 
अमेरिकाकी प्रशिक्षक जिल इलियसले जर्मनी बलियो टिम भएकोमा प्रतिक्रिया दिँदै खेलअघि नै नतिजाको ठोकुवा गर्न नसकिने बताइन्। महिला फुटबलका दुई ‘सुपर पावर' जर्मनी र अमेरिका तीनपटक विश्वकपमा भिडेका छन्। 
 
सन् १९९१ र १९९९ मा अमेरिका क्रमशः ५-२ र ३-२ गोलले विजयी भएको थियो। 
 
यसैगरी सन् २००३ मा भने जर्मनी ३-० गोलले विजयी भएको थियो। 
 
बुधबार हुने दोस्रो सेमिफाइनलमा भने साबिक विजेता जापानले इङल्यान्डको सामना गर्नेछ। -एजेन्सी