मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाली चेली मिराले फ्रान्समा जितिन म्याराथुन दौडको उपाधि (फोटोफिचर सहित)

नेपाली चेली मिराले फ्रान्समा जितिन म्याराथुन दौडको उपाधि (फोटोफिचर सहित)


वाशिंगटन डिसी । फ्रान्समा भएको ८० किलोमिटर मन्ट ब्लांक दौडमा नेपालकी बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् । उक्त दौड पुरा गर्दै नेपालको झन्डा फहराउँदै नेपाललाई बिश्व सामु अझ राम्रो परिचय दिएकी छिन् ।
नेपालको पूर्व क्षेत्रको पहाड घर भएकी राईले ८० किमि स्काई रनिङ (उचाई दौड)मा सबै प्रतियोगीलाई उछिन्दै प्रथम स्थान हासिल गरेकी हुन् । यस अगाडि पनि उनले हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा उपाधि जितेकी थिइन ।
मिरा राईले उक्त दौड १२ घण्टामा पुरा गरि पदक हात परेकी छिन् भने उक्त दौडमा ३० वटा राष्ट्रको सहभागी थिए । बिगतमा उक्त दौडमा इटाली, स्पेन तथा फ्रान्सको दबदबा रहेको भएता पनि उक्त दौडमा अस्ट्रेलिया, न्युजिल्याण्ड, चेक रिपब्लिक, जापान, पोल्याण्ड तथा अमेरिकाका प्रतिभाशाली खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए ।
मिरा राईले २०१४ को मुस्ताङ ट्रायल दौड, बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरिसकेकी छिन् । उनको दौडमा रुची भएकोले १४ बर्षको उमेरमा उनले पढाई छोडेकी थिइन् ।