मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

एएफसी यू-१६ छनोटमा नेपालको पहिलो खेल जोर्डनसँग

एएफसी यू-१६ छनोटमा नेपालको पहिलो खेल जोर्डनसँग


काठमाडौँ, ११ असार – एसियाली फुटबल महासङ्घ (एएफसी) ले आज एएफसी १६ वर्षमुनि र १९ वर्षमुनिको छनोट चरणको फुटबल खेल तालिका सार्वजनिक गरेको छ ।
 
एसियन फुटबल महासंघले शुक्रबार एएफसी यू-१६ र यू-१९ छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।
यू-१६ को छनोट अन्तरगत समूह बीको खेलहरु सेप्टेम्बर १६ देखि २० सम्म कीर्गिस्तानको विसकेक शहरमा हुनेछ ।
 
आगामी सेप्टेम्बर १६ देखि २० तारिखसम्म किर्गिज्स्तानको विस्केकमा हुने १६ वर्षमुनिको खेलमा नेपाल समूह ‘वि’ मा रहेको छ । नेपालको समूहमा ओमान, किर्गीज्स्तान र जोर्डन छन् ।
 
नेपालले आफ्नो समूहको पहिलो खेल सेप्टेम्बर १६ मा जोर्डनसँग खेल्नेछ । दोस्रो खेल सेप्टेम्बर १८ मा आयोजक राष्ट्र किर्गीज्स्तान र सेप्टेम्बर २० मा ओमानसँग खेल्नेछ ।
 
यू-१९ छनोटमा नेपाल रहेकेा समूह इको खेल इरानमा अक्टोबर २ देखि ६ तारिखसम्म हुनेछ । समूह ईमा नेपालसँगै आयोजक इरान, कुवेत र जोर्डनसँग खेल्नेछ ।