मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

इंग्ल्याण्डद्वारा न्युजिल्याण्ड ५६ रनले पराजित

इंग्ल्याण्डद्वारा न्युजिल्याण्ड ५६ रनले पराजित


काठमाडौँ, ९ जेष्ठ – वल्ड ट्रार्फडमा भएको ट्वेन्टी–ट्वेन्टी च्याचमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गरेको छ। 
 
मंगलबार राति भएको खेलमा जोए रुटको ६८ रनको मद्धतमा इंग्लाल्याण्डले न्युजिल्याण्डलाई ५६ रनले पराजित गरेको हो। १ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १६ दशमलव २ ओभरमा सबै १० विकेट गुमाउँदै मात्र १ सय ३५ रन बनाउन सक्यो। न्युजिल्याण्डका केन विलियम्सनले ५७, ब्रेनडम म्याकुलमले ३५ तथा रोस टेलरले १७ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन। 
 
न्युजिल्याण्डलाई सस्तैमा समेट्न इंग्ल्याण्डका डेभिड विले र मार्क उडले समान तीन–तीन विकेट लिए। यस्तै बेन स्टोक्सले दुई तथा अदिल रशिदले एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो। 
 
उसका लागि जोए रुटले ६८, एलेक्स हेल्सले २७, बेन स्टोक्सले नटआउट २४, जेसन रोयले २३ तथा साम विलिङस्ले २१ रनको योगदान दिए। न्युजिल्याण्डका मिचेल सन्टनर र मिचेल मेक्लानाहामले समान दुई–दुई विकेट लिए।
 
यसअघि गएको शनिबार राति सकिएको पाँच एक दिवसीय सिरिजमा न्युजिल्याण्डलाई ३-२ ले पराजित गरेको इंग्ल्याण्डले ट्वेन्टी-ट्वेन्टी म्याचमा पनि पराजित गरेको हो।