मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

इंग्ल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा

इंग्ल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा


काठमाडौँ, ८ असार – इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 
 
मंगलबार बिहान भएको खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम ८ मा स्थान बनाएको हो। खेलमा पहिले अग्रता भने नर्वेले लिएको थियो। ५४ औं मिनेटमा सोल्भेइ गोब्रान्सेनले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर त्यसको सात मिनेटपछि इंग्ल्याण्डकी स्टेफ होटनले बराबरी गोल गरिन्। ७६ औं मिनेटमा ब्रन्जले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को जित दिलाइन्।
 
इंग्ल्याण्डले अब क्वाटरफाइनलमा आउँदो आइतबार आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। क्यानडा सोमबार बेलुका भएको खेलमा स्वीजरल्याण्डलाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। एजेन्सी