मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

मेस्सी अर्कै विश्वबाट आएका हुन् : जेम्स

मेस्सी अर्कै विश्वबाट आएका हुन् : जेम्स


८ असार, काठमाडौं । कोलम्बियाका जेम्स रोड्रिग्वेजले कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा आफ्नो र लिओनल मेस्सीको तुलाना गर्न नमिल्ने बताएका छन् ।
 
कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा शुक्रबार अर्जेन्टिना र अमेरिका भिड्दैछन् । यसलाई मेस्सी र रोड्रिग्वेजबीचको भिडन्तको रुपमा हेर्नेहरु पनि छन् ।
 
तर, कोलम्बियाका मुख्य हतियार मानिएका रोड्रिवेजले भने मेस्सीसँग तुलाना गर्न नमिल्ने बताएका छन् । उनले भने–‘मेस्सी अर्कै विश्वबाट आएका हुन् । मेस्सी भर्सेज जेम्स भन्नु उनका लागि अन्याय हुनेछ ।’
रियल मड्रिडबाट व्यवसायिक फुटबलका खेलिरहेका जेम्स रोड्रिवेजले ला लिगामा मेस्सीविरुद्ध खेलिससकेका छन् ।
 
रोड्रिवेजले कोपा अमेरिकामा आफूले उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताएका छन् । नाम चलेका खेलाडीहरुलाई विपक्षीले बढी नै मार्क गर्ने भएकाले कम स्पेशमा खेल्न गाह्रो हुने उनको भनाइ छ ।
 
तर, उनले अर्जेन्टिनाविरुद्धको खेलमा भने आफूले खुलेर खेल्न पाउने आश गरे ।