मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

म्याराडोना पनि फिफा अध्यक्षका प्रत्याशी

म्याराडोना पनि फिफा अध्यक्षका प्रत्याशी


ब्युनस आयर्स : अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोना पनि विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा उठ्ने भएका छन्। 
 
उक्त जानकारी उरुग्वेका पत्रकार एवं लेखक भिक्टर ह्युगो मोरालेसले दिएका हुन्। मोरालेसको भनाइ उद्घृत गर्दै प्रकाशित समाचारअनुसार म्याराडोनाले फिफाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उठ्न तयारीसमेत गरिरहेका छन्।
 
गत महिनामात्र भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले पनि म्याराडोनालाई फिफाको अध्यक्षमा उठ्ने सल्लाह दिएका थिए। 
 
ब्राजिलका पूर्वखेलाडी जिकोपछि फिफाको अध्यक्षमा लड्ने घोषणा गर्ने म्याराडोना अर्का 'हाइप्रोफाइल' पूर्वखेलाडी हुन्। 
 
लाइबेरियाको राष्ट्रिय फुटबल संघका अध्यक्ष मुसा बिल्टीले पनि फिफा अध्यक्षमा आफूलाई दाबेदारको रूपमा प्रस्तुत गरेका छन्।
 
यसैगरी फिफाको अधिल्लो निर्वाचनमा वर्तमान अध्यक्ष सेप ब्लाटरलाई चुनौती दिएका जोर्डनका राजकुमार अली बिन अल हुसेनी र यूईएफएका प्रखुम मिचेल प्लाटिनीलाई समेत फिफाको आगामी अध्यक्षका रूपमा हेरिएको छ। 
 
आफ्ना विभिन्न क्रियाकलापका कारण बेलाबखत चर्चामा आइरहने ५४ वर्षीय म्याराडोनाको फिफा अध्यक्षमा उठ्ने विषयलाई पनि यसैको अर्को कडीका रूपमा हेरिएको छ।
 
कहिले लागूपदार्थको दुव्र्यसन त कहिले प्रेमप्रसंगका कारण चर्चामा आउने म्याराडोनाले सन् २०१० मा अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका गरेका थिए। 
 
उनी त्यसमा सफल भने हुन सकेनन्। दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलमा म्याराडोना अर्जेन्टिनी टोलीका प्रशिक्षक थिए। विश्वकपको समाप्तिसँगै उनले पदत्याग गरेका थिए।
 
सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन मुख्य भूमिका निर्वाह गरेका म्याराडोनालाई ब्राजिलका पेलेसँगै विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिन्छ। 
 
सन् १९७७ देखि सन् १९९४ सम्म उनले अर्जेन्टिनाका तर्फबाट खेलेको ९१ खेलमा ३४ गोल गरेका थिए। म्याराडोनाले बोका जुनियर्स, नेपोली, सेभिलजस्ता चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। -एजेन्सी