मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालको भारतसँग दोस्रो हार

नेपालको भारतसँग दोस्रो हार


भारतको धर्मशाला क्रिकेट मैदानमा आज भएको अभ्यास खेलअन्तर्गत अन्तिम खेलमा नेपाली टोली हिमाञ्चलसँग सात रनले पराजित भएको हो । उक्त प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि हिजो भएको खेलमा पनि नेपाल हिमाञ्चलसँग २४ रनले पराजित भएको थियो । 
 
त्यसैगरी, नेपालले पहिलो खेलमा हिमाञ्चलमाथि पाँच विकेटको जित हात पारेका थियो भने दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो । 
 
टस जितेर पहिले व्याटिङ रोजेको हिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रनको योगफल तयार पा¥यो । जवाफी व्याटिङमा उत्रेको नेपाल भने २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनमा समेटियो । 
 
 
नेपालका लागि अभिनाश कर्णले २ विकेट लिए भने जितेन्द्र मुखिया, प्रदिप ऐरी र बसन्त रेग्मीले १-१ विकेट लिए । तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीलाई भने आराम दिइएको थियो ।
 
जवाफमा मैदान उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनायो । सुवास खकुरेलसँगै सागर पुनलाई आराम दिइएको खेलमा अनिल मण्डल र ज्ञानेन्द्र मल्लले ओपनिङ सम्हालेका थिए ।
 
अनिल र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरे । अनिल १५ रनमा आउट भए । ज्ञानेन्द्रले २९ रनमा आउट भए भने विनोद भण्डारी ६ रनमा नै पभेलियन फर्किए ।
 
कप्तान पारस खड्का र राजेश पुलामी मगरले चौथो विकेटका लागि ३८ रनको साझेदारी गरे । राजेश २३ रनमा आउट भए । शरद भेसवाकरले १३ रन जोडढे भने प्रदिप ऐरी मात्र ३ रनमा क्याच आउट भए ।