मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालसँगसँगै पोर्चुगल : रोनाल्डो

नेपालसँगसँगै पोर्चुगल : रोनाल्डो


काठमाडौं: पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले नेपालप्रति सकरात्मक सोच्न अनुरोध गर्दै नेपालका लागि पोर्चुगल सगैँ रहेको बताएका छन् । 
 
युरोपको फुटबल क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत नेपाल र पोर्चुगल सँगैसगै रहेको बताएका हुन् ।  
 
नेपालमा गत वैशाख १२ र २९ गते  भूकम्प गएपछि विश्व खेलकुद जगतले पनि सहयोग र सद्भावको हात अघि बढाउँदै आएको छ। 
 
पोर्चुगललाई युरो कप २०१६ मा छनोट गराउने लक्ष्यका साथ छनोट खेल खेलिरहेका रोनाल्डोले दुई देशको झण्डा बोकेर पोर्चुगल नेपालको साथमा रहेको सन्देश दिएका छन् ।
 
उनले फेसबुक र ट्वीटरमार्फत नेपालीका लागि सकारात्मक सोच्न अपिल गरेका छन् ।