मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करेन्ट लागेर एन्फा कार्यबाहक अध्यक्षको निधन

करेन्ट लागेर एन्फा कार्यबाहक अध्यक्षको निधन


अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ । भैंसेपाटीस्थित निवासमा गएराति करेन्ट लागेर उपचारका लागि अल्का अस्पतालमा ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।  उनी ४९ वर्षका थिए । 
 
ललितपुर भैंसेपाटीस्थित नयाँ घरमा शुक्रबारमात्र सरेका श्रेष्ठलाई विद्युतको लाइन मिलाउने क्रममा करेन्ट लागेको थियो । तत्कालै परिवारका सदस्यहरुले उनलाई अल्का अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका छन् । 
 
थ्रीस्टार क्लबका महासचिव संजिव सिल्पकारले श्रेष्ठको मृत्यु भएको जानकारी दिए । व्यवस्थापिका संसद्को लेखा समितिले केही महिनाअघि एन्फामा भएको अनियमितताको छानविन गर्न गणेश थापालाई पद स्थगनको निर्देशन दिएपछि श्रेष्ठ एन्फाको कार्यबाहक अध्यक्ष बनेका थिए । 
 
लेखा समितिले एन्फा अध्यक्ष गणेश थापाको अध्यक्ष पद स्थगन गर्न भनेपछि लामो समयदेखि उपाध्यक्ष रहेका श्रेष्ठ श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।