विचार / ब्लग

समयको हस्ताक्षर

समयको हस्ताक्षर


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font

देश दुखेको बेला: परदेशमा छट्पटी
आज नेपाललाई जुठो परेको छ !

हजारौं दाजुभाइ दिदी बहिनीहरू या त मारिए या विस्तापित भए । पहाडको मिजाज एकाएक बदलियो ,सारा मुलुकले त्राहीमाम गरेको अवस्था छ ।

Advertisement

उता एकथरि भन्छन् , तिमी परदेशियौ , अब तिमीलाई नेपाल दुख्न पाउँदैन ।
के तेसै हौ ? तेसो भए किन त परापूर्वकालदेखि नै नेपालीहरू परदेश गएर रूपैया पैसा कमाएर ल्याएर यता नेपालमा घरजम गर्छन् त । त्यो लाहूरे भन्ने शव्दको अर्थ के हो ? के विदेशमा बस्ने नेपालीलाई नेपाल दुख्नु हुंदैन ? एउटा प्लास्टिकको NRN को कार्ड भिडाएर जा तँ उतै बस भन्न मिल्छ ?

हिजो वुधबार यसै विषयमा छलफल गर्न मित्र बासुदेव घिमिरेले हामीलाई कान्तिपथको होटल एलोपैगोडामा निम्त्याए । बिभिन्न मुलुकबाट आएका नेपालीहरूको एउटै स्वर थियो -आमा म अब हजुरको काखमा लडीवुडी खेल्न नपाऊने ? आमा र छोराछोरीको नातालाई के प्लाष्टिकको एउटा खोस्टाले खोस्न सक्छ ?
बडामहाराज पृथ्वीनारायण शाहको दिव्य उपदेशमा किन भनेका होलान् – जनता परदेश गएर रकम कमाए , मुलुक मोटा हुन्छन् ?
यो त ३०० वर्ष देखिको परम्परा हो , मुलुकबाट वाहिर जाने केही जोहो गर्ने, उतै बस्ने कि यतै बस्ने । आफ्नो अनुकूलताले आफ्नो जीविकोपार्जन गर्ने ।

होटल यलो पगोडाको त्यो भवनमा विदेशमा बसेका नेपालीहरूको भावना सुन्दा मेरो मन कटक्क काटियो ।
मैले त राजा महेन्द्रले भनेको कुरा सम्झें – एकपल्टको नेपाली सधैंको नेपाली ।

नेपालीहरू विदेशमा बस्दा भरसक उताको कागज नलिऔं भन्छन् , तर जटिल कानुनी प्रावधानले र केटाकेटीको स्कूल र आर्थिक लेनदेनमा उताको कागज नभइ कामै चल्दैन । यस्को मतलव यो होईन कि त्यो उद्धमी नेपालीलाई फर्केर नेपाल आउँदा यसरी छि छि दूर दूर गर्ने गरियोस र सिंहदरवारको छिंडीमा डाको छोडन बाध्य बनाईयोस ।

सभामा विभिन्न व्यक्तिले आफ्नो मनको कुराहरू राख्नुभयो । भूतपूर्व न्यायधिस श्रीकृष्ण भट्टराईले संविधानको अस्पट्ट दुईअर्थी वुंदाहरू जानी जानी हालेर विदेशमा बस्ने नेपालीलाई चौतर्फि घेरामा पार्ने नेपाल सरकारको चालहरू बारेमा खुलेरै बोल्नुभयो ।
वर्तमानको रास्वपा र बालेन स्वयं पनि अमेरिका लगायतका नेपालीको सहयोगले सत्तासीन भएका हुन् । भन्ने बेलामा यो नागरिकताको विवाद सदाको लागि समाप्त पार्छु भन्ने पनि यिनै रवि लामिछाने हुन्।

अहिले के भयो ? विदेश छाडी करौंडौ डलर बोकेर आएका नेपालीहरू कतै लगानी गर्न पाईरहेका छैनन् ।

आमा हामी हजुरको काखमा फर्केर आऊदा तँ मेरो छोरा होईनस् भन्न मिल्छ ? भन्नुहोस आमा !

अमेरिका र नेपाल दुवै तिर करौडौंको लगानी गर्ने कर्मशील युवा बासुदेव घिमिरेको यो भेलाको आसय यही थियो ।

  • बानेश्वर , काठमाडौ ।