न्युयोर्क

न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न

न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न

५१ जनाले दिए रगत


नेपाली समुदायको अगुवाइमा न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा अगष्ट २३ मा न्युयोर्कको क्वीन्स सेन्टर मलमा भएको रक्तदान कार्यक्रममा ५१ जना दाताहरुले रगत दान गरेका थिए ।

रक्तदानले जिवन बचाउँछ भन्ने नाराका साथ शुरु भएको कार्यक्रममा न्युयोर्क आसपासका नेपाली सुमदायका अगुवाहरुको उपश्थिती रहेको थियो । रक्तदान कार्यक्रम सफल बनाउन न्युयोर्कस्थित नेपाली संस्थाहरु, लायन्स क्लव अफ क्वीन्स बुद्ध, द गुरुङ सोसाइटी इन युएसए, ओभरसीस नेपाली युनीटी फोरम, बलेवा सोसाइटी अफ अमेरिका, किराँत याक्थुङ चुम्लुङ युएसए सेर्पा एसोसियसन इन अमेरिका र हाम्रो आमा इन्क लगायतको सहभागीता र सहकार्य रहेको थियो ।

Advertisement

रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गर्न सफल भएका थिए भने ८ जनालाई पूर्व परीक्षणबाट अस्वीकृत गरिएको थियो ।

रक्तदान जस्तो पवित्र कार्यक्रमलाई सफल बनाउन प्राबिधिक सहयोग गर्ने न्यूयोर्क ब्लड सेण्टर तथा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण रक्तदाता, सहभागी संघ संस्थाहरूप्रति आयोजक ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्क च्याप्टरले आभार व्यक्त गरेको छ ।