टेक्सस

चालीस जनाले गरे रक्तदान

चालीस जनाले गरे रक्तदान


युलेस (टेक्सस) । स्वर्गीय चुडामणि गौतमको स्मृतिमा उहाँको परिवारले आइतबार आयोजना गरेको रक्तदानमा ४० जनाले रक्तदान गरेका छन् ।

टेक्ससको युलेस स्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा उहाँहरुले रक्तदान गर्नुभएको हो ।

Advertisement

ब्लड डोनर्स अमेरिकासँगको सहकार्य तथा कार्टर ब्लड सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई परिवारको तर्फबाट स्व. गौतमका कान्छा छोरा गोबिन्दले धन्यवाद ज्ञापन गरेका थिए ।