न्युयोर्क (अमेरिका)- चितवन समाज अमेरिका न्युुयोेर्कको पाँर्चौ महाधिवेशनले रमेश पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार न्युयोर्ककोे रिजवुडमा भएको महाधिवेशनले निर्विरोध रुपमा आगामी कार्यकालकोलागि नयाँ कार्य समिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा अध्यक्ष पाठक सहित, बरिष्ठ उपाध्यक्षमा शारदा क्षेत्री, उपाध्यक्षमा झबिन्द्र खरेल तथा महासचिवमा सन्तोष कुमार पराजुली रहेका छन । त्यसैगरी सचिवमा दिपकराज अधिकारी तथा कोषध्यक्षमा इन्जु ढकाललाई चयन गरिएको छ । नयाँ कार्य समितिको सदस्यमा क्रमशः सुरेश चौधरी, विकास खरेल र सुमन कँडेल रहेका छन । समाजको संरक्षकमा सामाजिक अभियन्ता एवं नेपाली काँग्रेसका नेता बेद खरेल रहेका छन ।
महाधिवेशनबाट निर्विरोध पदाधिकारी चयन गरिएकोे समाजका संस्थापक अध्यक्ष, एनआरएन अभियन्ता एवं प्रमुख निर्वाचन आयुक्त सुर्यं (साल) लम्सालले जानकारी दिए । निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख निर्वाचन आयुक्त लम्सालले आगामी कार्यकालको सफलताको शुभकामना दिए । निर्वाचित पदाधिकारीहरुलाई समाजका संरक्षक खरेलले शुभकामना सहित मार्गदर्शन गरेका थिए । नवनिर्वचित अध्यक्ष पाठकले समाजलाई नेपाली समुदायको हितमा संलग्न गराइने र सबैैको साथ र सहयोगका साथ अघि बढिने प्रतिवद्धता ब्यक्त गरे ।
चितवन समाज अमेरिका न्युयोर्कका निवर्तमान अध्यक्ष कृष्ण गुरुङको सभापतित्वमा बसेको बैठकले महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । महाधिवेशनमा बरिष्ठ समाजसेवी श्यामकाजी गुरुङ प्रमुख अतिथिको रुपमा रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा, बेद खरेल, सुर्य लम्साल, र रविकिरण कोइराला रहेका थिए । कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष, दिन दयाल भण्डारी (दिनेश), दोलखा समाजका अध्यक्ष भोजराज थोकर तथा अन्तर्राष्टिय काश्की समाजका अध्यक्ष शिब बानीयाँ अतिथिका रुपमा उपश्थित रहेका थिए । प्रमुख अतिथि एवं अतिथिहरुले निर्वाचित कार्य समितिलाई बधाई एवं कार्यकालको सफलताकोे शुभकामना दिएका थिए ।












प्रतिक्रिया