न्युयोर्क

देवी प्रतिभाले न्युयोर्कमा श्रीमदभागवत कथा बाचन गर्दै

देवी प्रतिभाले न्युयोर्कमा श्रीमदभागवत कथा बाचन गर्दै

क्रियापूत्री र गुम्बा निर्माणमा सहयोग जुटाईदै


न्युयोर्क– सुप्रशिद्ध कथावाचक देवी प्रतिभाले न्युयोर्कमा श्रीमद्भमागवत् कथा वाचन एवंं धार्मिक कार्यक्रम सञ्चालन गर्ने निश्चित भएको छ । न्युयोर्कको क्वीन्सको वुडसाइडमा अवश्थित चर्चित हिन्दु मन्दिर श्री दिव्यधाममा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक मध्येका एक सामाजिक अगुवा सुर्य सिम्खडाले जानकारी दिए ।

यही मे १५ देखि १७ तारिखमा हुने कथा वाचन तथा धार्मिक कार्यक्रमको उद्धेश्य न्युयोर्कमा क्रियापुत्री र गुम्बा स्थापनार्थ सहयोग जुटाउनु रहेको सिम्खडाले बताए । तीन दिनसम्म चल्ने सो धार्मिक कार्यक्रममा देवी प्रतिभाले श्रीमद्भागवत् गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ तथा आरती गर्ने कार्यक्रम रहेको छ । देवी प्रतिभाले आरती कार्यक्रम मार्फत भगवान श्रीकृष्णको भक्ति, धर्म र अध्यात्मिक सन्देश प्रवाह गर्ने आयोजक पक्षले जानकारी दिएको छ ।

Advertisement

अन्तराष्ट्रिय रुपमै ख्याती कमाएकी भारतको बृन्दावनकी कथावाचिका देवी प्रतिभाले दिने प्रवचनबाट नेपाली लगायत दक्षिण एशीयाली समुदाय लाभान्वित हुने तथा सामुुदायिक एकता, आध्यात्मिक चेतनाको विस्तारसँगै क्रीयापुत्री भवन र गुम्बा निर्माणमा सहयोग जुट्ने आयोजक संस्थाले अपेक्षा गरेको छ ।

कार्यक्रममा मंगलध्वनि शंखनाद, कलशयात्रा, दिप प्रन्ज्वलन, वैदिक पूजा तथा आशिर्वाचन एवंं श्रीमद्भागवत कथा वाचन, भजन किर्तन, तथा महा आरती लगायतका धार्मिक गतिविधि हुने बताइएको छ ।

नेपाल तथा भारतमा मात्र नभै विश्वभरीनै देवी प्रतिभाको महिमा रहेकाले उनको प्रवचनमा नेपाली संघसंस्थाको अग्रसरताले नेपाली समुदायमा एकताको बृद्धि गराई आध्यात्मिक चेतनाको विस्तार हुने आयोजक पक्षको दावी छ ।

कार्यक्रमको आयोेजकहरुमा वेल डन क्रियशन, हामी नेपाली इन्टरनेशन र रेभेल इभेन्ट्स रहेका छन ।