ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले सञ्चालन गर्दै आएको ग्लोबल पाठशालाको नयाँ पदाधिकारी चयन भएका छन् ।
शनिबार नयाँ टिमले पदभार ग्रहण पछिको पहिलो बैठकले स्कूल कोअर्डिनेटरमा अञ्जु चुडाललाई मनोनयन गरिएको जनाइएको छ । त्यस्तै सोही बैठकले समाजको प्रवक्तामा निलेश श्रेष्ठलाई मनोनयन गरेको छ ।
एनएसटी ग्लोबल पाठशालाको प्रिन्सिपलमा ओजेश उप्रेतीलाई नियुक्त गरिएको छ । यस अघि उप्रेती भाइस प्रिन्सिपल थिए । त्यस्तै स्कूलको प्याट्रोनमा डा. भोज बलायरलाई नियुक्त भएका छन् भने भाइस प्रिन्सिपलमा जिबीका अधिकारी, सुशील चौधरी र सबिन पाण्डेलाई नियुक्त गरिएको छ ।
स्कूलको नयाँ टिमले आउँदो स्प्रिङ्ग सिजनको लागि विद्यार्थी भर्ना सुरु गरेको छ । शनिबार र आइतबार सञ्चालन हुने ग्लोबल पाठशालामा बालबालिकाहरुका निम्ति नृत्य, आर्ट एण्ड क्राफ्ट, भजन, कम्युटर कोडिंग, म्याथ, नेपाली भाषा, युथ लिडरशीप र योग तथा मेडिटेसनका कक्षाहरु रहने भाइस प्रिन्सिपल जिबीका अधिकारीले जानकारी दिइन् ।
यसपटक नयाँ र विशेष कक्षाका रुपमा पाको उमेरका र नेपालबाट भरखरै आएकाहरुका निम्ति अङ्ग्रेजी भाषाको विशेष कक्षा आइतबार सुरु हुँदैछ । जनवरी २४ तारिकबाट कक्षा सञ्चालन हुने भएको र कक्षाकोठाको क्षमताका कारण सिमित सिट भएकोले तुरुन्त भर्ना हुन पाठशालाले आव्हान गरेको छ ।












प्रतिक्रिया