अमेरिका। अमेरिकाले स्थायी बसोवास अनुमती ग्रिनकार्ड लिन पर्खिएका नेपालीलाई तत्काल भिसा नदिने निर्णय गरेको छ । अमेरिकाको विदेश मन्त्रालयलाई उदृत गर्दै फक्स न्युज, सीएनएन लगायत संचार माध्यमले नेपाल सहित ७५ देशका नागरिकलाई तत्काल ग्रिनकार्ड भिसा नदिने सुची तयार भएको जानकारी सार्वजनिक गरेका छन् । यो सुचीमा नेपाल पनि परेको हो ।
Click Here: Full Video Report By Vishan Neupane
अमेरिका विदेश विभागको यो निर्देशनले अमेरिकामा परिवार ल्याउने प्रकृया अगाडी वढाएकाहरु प्रभावित हुने छन् । अमेरिकामा ग्रिनकार्ड वा नागरिकता भएका कयौंल्े नेपालमा रहेका परिवारका सदश्यलाई ग्रिनकार्ड भिसामा यहां ल्याउन प्रकृया अगाडी वढाएका छन् । अमेरिकाको यो निर्णयले हजारौं नेपालीले आफ्नो परिवारका सदश्यसंग पुर्नमिलनका लागि लामो समय पर्खिनु पर्ने अवस्था आएको छ ।
केही दिन अघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आएर यसको सरकारी सुविधा खाने देशका नागरिककको सुची सार्वजनिक गरेका थिए । जसमा यहां स्थायी बसोवास गरिरहेका नेपाली मध्ये एक तिहाईले अमेरिकाले दिएको सरकारी सुविधा खाने गरेको उल्लेख छ ।
यसरी सुविधा खानेमा सवै भन्दा वढी भुटानीहरु छन् । ८२ प्रतिशत भुटानीले अमेरिका सरकारको सरकारी सुविधा उपयोग गर्ने गरेको उल्लेख छ । यही कारण अमेरिकाले विदेशवाट आउने अप्रावासीलाई कडाई गर्दै गरेको उल्लेख छ । अहिलेको यो निर्णयको कारण पनि यही भएको संचारमाध्यमले जनाएका छन् । यो निर्णय कहिलेसम्म लागु हुने भन्ने समय सिमा तोकिएको छैन । तर, देश अनुसार पुनाराबलोकन गरेर थप निर्णय गरिने विदेश विभागले जनाएको छ ।
अमेरिकामा काम गर्न आउने नेपाली पनि यसवाट प्रभावित हुने छन् । विभिन्न प्रकारका इभी भिसा लिएर अमेरिका आउन खोज्ने पनि रोकिने भएका छन् । अमेरिका रहेका कयौं व्यवसायले नेपालवाट विभिन्न खालका कामदार ल्याउन गरेका थिए ।
पर्यटक र विद्यार्थी भिसामा भने फरक नपर्ने
यो निर्णयले पर्यटक बी १ बी २ भिसामा आउनेलाई भने फरक नपर्ने अमेरिकामा बसेर काननु व्यवसाय गरिरहेका बासु फुलराले जानकारी दिए । यस्तै विद्यार्थी भिसा एफ १ लाई पनि यो नियम लागु हुने छैन । तर, यही जनवरी २१ देखी पर्यटक भिसाका आवेदकले ५ हजार देखी १५ हजार डलर वुझाउनु पर्ने छ । जनवरी २१ देखी पर्यटक भिसामा आउने सबैका लागि यो नियम लागु हुने फुलराले जानकारी दिए ।
बासु फुलारा | न्यूयोर्क – **“अमेरिकी सरकारले आप्रवासन नीतिमा थप कडाइ गर्दै नेपालसहित करिब ७५ देशका नागरिकका लागि आप्रवासी (ग्रिनकार्ड) भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको जनाएको छ। यसले पारिवारिक पुनर्मिलन र रोजगार–आधारित आप्रवासनमार्फत अमेरिका आउन पर्खिरहेका धेरै नेपाली परिवारलाई प्रत्यक्ष असर पार्नेछ।
यो व्यवस्था आप्रवासी भिसामा मात्र सीमित छ। विद्यार्थी (F-1) र पर्यटक (B-1/B-2) जस्ता गैर-आप्रवासी भिसामा भने यसको प्रभाव पर्ने छैन। त्यसैले अध्ययन वा छोटो अवधिका भ्रमणका लागि अमेरिका जाने तयारीमा रहेका व्यक्तिहरूले आत्तिनु पर्ने अवस्था छैन।
जनवरी २१ देखि लागू हुने भनिएको यो कदम अमेरिकी विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ सम्बन्धी कडाइसँग जोडेर अघि बढाएको देखिन्छ। सरकारको उद्देश्य भविष्यमा अमेरिकी सार्वजनिक स्रोत र कल्याणकारी सुविधामा अत्यधिक निर्भर हुन सक्ने आवेदकहरूको जोखिम घटाउने हो।
हालसम्म यो निर्णय कति समयसम्म लागू रहने भन्ने स्पष्ट समयसीमा तोकिएको छैन। देशअनुसार पुनरावलोकन हुने संकेत दिइएकाले, प्रक्रिया अघि बढाइरहेका नेपालीहरूले आधिकारिक सूचनालाई नजिकबाट पछ्याएर मात्र निर्णय लिनु उपयुक्त हुन्छ।”** (कानुनी सल्लाह होइन)













प्रतिक्रिया