मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

ड्यालसको मन्दिर ऋणमुक्त : मासिक १० डलर सहयोग अभियान सुरू गरिँदै

ड्यालसको मन्दिर ऋणमुक्त : मासिक १० डलर सहयोग अभियान सुरू गरिँदै


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । ड्यालसको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार पूर्णरुपमा ऋणमुक्त भएको छ । तीन वर्षअघि अर्भिङ्गबाट युलेस सर्दा निर्माण गरिएको मन्दिरको भवन र त्यसपछि बनाइएको थप सवारीसाधन पार्किङ्ग लटको निर्माणका क्रममा लिइएको ऋण तिरेर संस्था पूर्णरुपमा ऋणमुक्त भएको हो ।

मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीका अनुसार ‘अब दोस्रो चरणको पशुपतिनाथ मन्दिर र बौद्ध बिहारको निर्माणमा संस्था केन्द्रित हुँदैछ ।

Advertisement

अर्भिङ्गबाट युलेस सर्दा १८ लाख डलर र पछि पार्किङ्ग लटका लागि खर्च भएको १२ लाख डलर बैंकबाट ऋण लिएर निर्माण गरिएको थियो । कुल तीन मिलियन (३० लाख) डलर तिरिसकेर संस्था अब पूरै नयाँ संरचना निर्माणमा जुट्ने निर्णय गरेको छ ।

झण्डै दुई वर्षअघि नवाह महापुराण लगाउँदा भक्तजन, दाताहरुले प्रतिबद्धता गरे अनुसारको प्राप्त भएको केही रकम र मन्दिरको नियमित कार्यबाट बचत भएको रकमबाट ऋण तिरिएको हो । अझै धेरै भक्तजन र दाताहरुबाट प्रतिबद्धता अनुसारको रकम प्राप्त हुन बाँकी रहेको र मन्दिरको जग हाल्नुअघि उक्त रकम प्राप्त हुने अपेक्षा मन्दिरले गरेको छ ।

पशुपतिनाथ र बौद्धको बिहारको अलग्गै भवन, ध्यानका लागि धम्महल, पार्क, विश्रामस्थल, फल्सालगायतका निर्माणका निम्ति १२ मिलियन (एक करोड २० लाख) डलर लाग्ने प्रारम्भिक अनुमान छ । उक्त रकममध्य कम्तीमा ५० लाख डलर कोषमा भएपछिमात्र बैंकहरुले बाँकी रकम दिने सङ्केत दिएकोले भक्तजनहरुबाट एकपटक फेरि जुर्मुराएर सहयोग गरिदिन मन्दिर पदाधिकारीहरुले आह्वान गरेका छन् ।

‘जति ढिला हुन्छ,  हाम्रो निर्माण लागत बढ्दै जाने भएकोले अब अन्तिमपटक होस्टेमा हैंसे गरेर सहयोग गरिदिनुहुन म आग्रह गर्दछु’, अध्यक्ष डा. अधिकारीले भने ।

मन्दिरको डिजाइनमा प्रारम्भिकरुपमा भैसकेको भए पनि बिस्तृतरुपमा गरेर प्रोजेक्ट डेभलपमेन्ट टिम, इन्जिनियरहरुसहित बसेर पास गरेपछि सिटीमा एप्रुभलका लागि पेश गरिनेछ । त्यो पारित भएर आएपछि आउँदो बडादसैँभित्र जग हालेर निर्माण थालनी गर्ने योजनामा मन्दिरको टिम लागेको छ ।

मासिक १० डलर सहयोग अभियान :

पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार निर्माणका लागि बोर्ड अफ ट्रष्टीले नयाँ अवधारणा ल्याउन लागेको छ ।

कम्तीमा तीनहजार पाँचसय डलर सहयोग गर्नेलाई संस्थापक सदस्य देखि सुरु भएर पाँचहजार सहयोग गर्ने अनरेबल फाउण्डिङ्ग मेम्बर, ११ हजार सहयोग गर्ने बोर्ड अफ ट्रष्टी, १५ हजार सहयोग गर्ने अनरेबल ट्रष्टी, ३५ हजार सहयोग गर्ने प्याट्रोन, ५० हजार सहयोग गर्ने फेमिली प्याट्रोन र एकलाख डलर सहयोग गर्ने वाल अफ अनर हुने विद्यामान विधानले व्यबस्था गरेको छ ।

टेक्सस र विशेषरुपमा नर्थ टेक्ससका कोही पनि नेपालीभाषीहरु मन्दिर र बिहारको निर्माणको योगदानदाताको सूचीमा नछुटून् भन्ने ध्येयले मासिक १० डलर सहयोग अभियान सुरू गर्न लागिएको बताइएको छ ।

नर्थ टेक्ससमा मात्र झण्डै ६५ देखि ७० हजार नेपालीहरु रहेको अनुमान छ । यी मध्य आधा ३० हजारले मात्र पनि यो अभियानमा साथ र सहयोग गरेमा मासिक तीनलाख डलर सङ्कलन हुन्छ । यसबाट मन्दिर र बिहार सोचेभन्दा छिटो र सहज रुपमा बन्न सक्ने अनुमान गरिएको छ ।

लगभग सबै नेपालीहरु सिस्टममा क्रेडिटकार्ड, डेबिट कार्डमार्फत अटो पेमेन्टका रुपमा १० डलर तिर्न सक्नेछन् । यो योजनालाई व्यापकरुपमा सर्वसाधारणलाई बुझाएर अभियानमा सामेल बनाउने तयारीमा मन्दिर रहेको छ ।

१० डलर अभियान भर्खरै नेपालबाट आएका, भर्खरै काम सुरू गरेकाहरुलाई लक्षित गरिएको छ । पुराना र नवाहमा सदस्य बन्ने प्रतिबद्धता जाहेर गरेका भक्तजनहरुलाई केही दिनभित्रै सम्पर्क गरेर प्रतिबद्धताबमोजिम बाँकी सहयोग भुक्तानी गरेर मन्दिर निर्माणमा जुट्न आह्वान गर्ने तयारी भैरहेको छ ।

शेयर गर्नुहोस:

108
Shares