मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस

हिमालय हेल्थ क्लिनिकमा आइतबार ५३ जनाको उपचार

हिमालय हेल्थ क्लिनिकमा आइतबार ५३ जनाको उपचार


ड्यालस (टेक्सस) । नेपाली चिकित्सकहरुको पहलमा स्थापना भएको हिमालय हेल्थ क्लिनिकले आइतबार ड्यालसमा ५३ जनालाई उपचार तथा परामर्श प्रदान गरेको छ ।

हरेक दुइ हप्ताको अन्तरालमा आइतबार युलेसको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा हुँदै आएको क्लिनिकमा स्वास्थबीमा नभएका, नेपालबाट भ्रमण र पारिवारिक भेटघाटका लागि आएकाहरु विशेष रुपमा लाभान्वित हुँदै आएका छन् । आइतबारको क्लिनिकमा डेन्टल, जनरल मेडिसिन, फ्लु भ्याक्सिन, एवानसी परिक्षण जस्ता सेवाहरु प्रदान गरिएका थिए ।

Advertisement

क्लिनिकमा मेनेजर राज श्रेष्ठका अनुसार आगामी दिनमा मेमोग्राम सुविधा समेत दिनेगरि कार्यक्रम अघि बढाइएको छ ।

मे १६ मा गाला डिनरः

हिमालय हेल्थ क्लिनिकको सञ्चालक टेक्सस नेप्लिज मेडिकल एसोसिएसनले आउँलो मे १६ तारिक वृहद गाला डिनर कार्यक्रमको घोषणा गरेको छ । बार्षिक कार्यक्रम अन्तरगत मे १६ तारिक शनिबार गाला डिनर आयोजना हुन लागेकोले सबै सामुदायिक व्यक्तित्वहरु, स्वास्थकर्मीहरुलाई उक्त कार्यक्रमका लागि सहभागि हुन आव्हान गरेको छ ।

शेयर गर्नुहोस:

1.8k
Shares