मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

जनवरी पहिलो साता ड्यालसमा चक्र विज्ञान शिविर हुँदै

जनवरी पहिलो साता ड्यालसमा चक्र विज्ञान शिविर हुँदै


ड्यालस (अमेरिका) । जीवन विज्ञानको एउटा पाटोको रुपमा रहेको चक्र विज्ञान योग ध्यान शिविर आउँदो जनवरी पहिलो साता अमेरिकाको ड्यालसमा हुने भएको छ ।

मानिसको शरिरमा रहेको ऊर्जालाई कुण्डलिनी शक्तिको रुपमा पहिचान गरेर जीवनको महत्व बुझाउने लक्ष्यका साथ शिविर हुन लागेको आयोजक समितिकी संयोजक अञ्जु चुडालले जानकारी दिइन् । जनवरी २ देखि ८ तारिकसम्म सात दिन हुने यो शिविरले मानिसलाई आफ्नो जीवनको महत्व बुझाउने र योग ध्यानले शरिरमा अटोमेटिक रुपमा रहेको ऊर्जालाई पहिचान गराउने उनले उल्लेख गरिन् ।

बिहानदेखि साँझसम्म हुने शिविरमा नेपालबाट जीवन विज्ञानका प्राचार्य प्रशिक्षकहरु एलपी भानु शर्मा र रमेश नेपाल लगायतले प्रशिक्षण दिनुहुने जनाइएको छ । ड्यालसको युलेस सिटीमा रहेको सफायर हलमा हुने कार्यक्रम प्रति धेरैले चासो देखाएका छन् ।

यो कार्यक्रमले आफ्नो जीवनको महत्व, शरिरमा उत्पन्न चिन्ता र त्यसले निम्त्याउने बिरामी, अनि त्यसलाई शरिरको सकृयताबाट उपचार गर्न सकिने तरिकाका बारेमा सिकाउनेछ । शरिरका सात मुख्य ऊर्जाका केन्द्रहरुको समुचित प्रयोगबाट निरोगिता, सकृय जीवन, स्वस्थ शरिर, सकृय सोचाई र दिमागबाट सकारात्मक सोच अनि आध्यात्मिकको मार्गमा लाग्न प्रेरित गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । आध्यात्मिकताले मानिसलाई अरु प्रति सम्मान, आफूभन्दा सानालाई दया करुणा, सहयोगको लागि प्रेरित गर्दछ ।

कार्यक्रममा तीनसय जनाको सहभागिता रहने अपेक्षा आयोजकले गरेका छन् । दर्ता खुल्ला भैसकेको र अहिलेसम्म ५०जनाले सहभागिताको लागि इच्छा देखाएर दर्ता गरिसकेका छन् ।

‘सात दिनको अवधि लामो लाग्नसक्छ, तर कार्यक्रममा सहभागि भैसकेपछि समय अझै छोटो महसुस हुनेछ’ ड्यालसमा लामो समयदेखि आध्यात्मिक क्षेत्रमा कृयाशील रमेश पोखरेलले भने । पोखरले ड्यालसको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारका पूर्ब अध्यक्ष पनि हुन् । जीवनका सबै सातवटा ऊर्जा चक्रका बारेमा एकएक दिन गरेर प्रशिक्षण, ध्यान कार्यक्रम चल्नेछन् ।

सात चक्र हाम्रो शरिरमा रहेको उर्जाको केन्द्र हुन । यी उर्जाको केन्द्र हाम्रो जीवनको आधार हो। यिनै चक्रको गुण स्वभाव अनुसार नै हाम्रो जीवन चलेको हुन्छ । यदि यो उर्जा केन्द्र सन्तुलनमा छैनन भने हाम्रो दैनिक जीवन पनि अस्तब्यस्त हुन पुग्दछन जस्को कारणले शारीरिक रोग, मानसिक अशान्ति, नकारात्मक भावना र आध्यात्मिक अवरोध निम्त्याउन सक्छ । त्यसकारण आफ्नो यो उर्जाका केन्द्रहरुलाई सन्तुलनमा राख्न स्वस्थ ,शान्त एवं सकारात्मक जीवन जिउनको लागि यस्ता कार्यक्रमले मद्धत गर्नेछ जारी विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रमको तयारीका लागि अहिले नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र लगायतका संघसंस्थाहरू सकृय भएका छन् । यो कार्यक्रममा सहभागिताका लागि अमेरिकाका अन्य राज्यहरूबाट पनि चासो व्यक्त भएकोले सहभागिता गराउने निर्णय भएको संयोजक चुडालले जानकारी दिइन् ।

शेयर गर्नुहोस:

2.1k
Shares