अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा आगामी जुलाई १९ र २० मा गजल उत्सव आयोजना हुन गइरहेको छ। ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा गजल यात्रा र अनेसास बोस्टनले गजल उत्सव–६ आयोजना गर्न लागेको हो।
अमेरिकाका विभिन्न राज्यहरूबाट गजलकारहरूको उत्साहजनक सहभागिता रहने भएको छ। यसअघि ओहायो, कोलोराडो, टेक्सास लगायत विभिन्न राज्यहरूमा पटक–पटक गजल उत्सव सम्पन्न भइसकेका छन्।
यसपटकको गजल उत्सव–६ लाई अझ बृहत्, भव्य र अविस्मरणीय बनाउने उद्देश्यले कार्यक्रम दुई दिने विशेष स्वरूपमा आयोजना गरिएको आयोजकहरूले जनाएका छन्।
कार्यक्रम विवरण यस प्रकार रहेको छ:
-
विशेष गजल गायन तथा सहभागी परिचयात्मक कार्यक्रम
🗓️ जुलाई १९, २०२५ (शनिबार), साँझ ५ बजे -
विशेष गजल वाचन कार्यक्रम
🗓️ जुलाई २०, २०२५ (आइतबार), दिउँसो १ बजेदेखि ५ बजेसम्म
📍 स्थान:
नेपाली कम्युनिटी सेन्टर, बोस्टन, अमेरिका
594 Washington St, Braintree, MA 02184












प्रतिक्रिया