मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

आर्लिंगटनमा नेपालीद्वारा एस्थेटिक्स सेवा सुरु

आर्लिंगटनमा नेपालीद्वारा एस्थेटिक्स सेवा सुरु


ड्यालस (अमेरिका) । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको आर्लिंगटन सिटीमा अरलिङ्टनमा आइएलएमएल एस्थेटिक सुरु भएको छ।

भेरिडिएन कम्युनिटीसँगै रहेको उक्त एस्थेटिकको उद्घाटन समारोह शनिबार सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय सातसयको हाराहारीमा शुभेच्छुक, ग्राहक र समर्थकहरूको उपस्थिति रहेको थियो ।

यो एस्थेटिकले उन्नत पुनर्जननात्मक छाला र स्वास्थ्य उपचार गर्ने जनाइएको छ । जो पहिले सेलिब्रेटी र शीर्ष खेलाडीहरूका लागि सीमित थिए—अब अरलिङ्टनका समुदायलाई सहज, सुरक्षित र किफायती रूपमा उपलब्ध गराउनु हो।

समारोहमा सहभागीहरूले नयाँ भवनको अवलोकन, अत्याधुनिक उपचारबारे जानकारी, र संस्थापक तथा चिकित्सकहरूसँग भेटघाट गर्ने मौका पाएका थिए ।

“हामी यति धेरै उपस्थितिको लागि अत्यन्तै आभारी र विनम्र छौं,” एस्थेटिकका सह-संस्थापक तथा प्रमुख वैज्ञानिक सागर नेपालले भने। “यसले हाम्रो समुदायमा उच्चस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।”

उद्घाटन कार्यक्रममा प्रत्यक्ष उपचार प्रदर्शन समेत गरिएको थियो । औपचारिक सुरुवातसँगै अरलिङ्टनमा स्वास्थ्य र सौन्दर्य सेवामा नयाँ मापदण्ड स्थापित भएको जनाइएको छ ।

शेयर गर्नुहोस:

10k
Shares