मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

नेपालीसँग भएको क्रिप्टो करेन्सी जफत हुने

नेपालीसँग भएको क्रिप्टो करेन्सी जफत हुने

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर विक्री गर्ने

नेपाल सरकारले नेपालीसँग क्रिप्टो करेन्सी भेटिएमा जफत गर्ने भएको छ । सरकारले विहिवार सार्वजनिक गरेको आउने आर्थिक बर्षको बजेटमा उक्त नीति ल्याएको हो ।

बजेटमा क्रिप्टो जस्ता अभौतिक मुद्रा, अवैध विदेशी मुद्रा लागयतका कसुरजन्य सम्पत्ती जफत गरी संचित कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने उल्लेख छ । यस्तै कसुरजन्य सम्पत्तिको रोक्का, नियन्त्रण र जफतसम्वन्धी कार्यलाई थप प्रभावकारी बनाउने नीति समेत लिइएको छ ।

Advertisement

क्रिप्टो लगायतका इलेक्ट्रिक मुद्रालाई नेपालले अवैध मान्दै आएको छ । विदेशमा बस्ने केहि नेपालीले क्रिप्टो लगायत विभिन्न अभौतिक मुद्रामा लगानी गर्दै आएका वेला सरकारले झन अनुदार नीति ल्याएको हो । यद्यपी यसबाट सोझासिधा व्यक्तिहरु डुब्ने संभावना त्यत्तिकै छ । यसको कुनै नियमन निकाय संसारभरि छैन ।

विदेशमा क्रिप्टोमा लगानी गरेका नेपालीले नेपालमा गएर पनि यसको कारोवार गर्न खोजेमा यो गैरकानुनी हुनेछ । सरकारले पक्राउ गरेर उक्त मुद्रा जफत गरी कारवाही गर्न सक्ने छ ।

नेपाल जाँदा क्रिप्टो एप खोल्दा समेत पक्राउ पर्न सकिने अवस्था छ ।

पुरानै ढर्रामा आएको बजेटमा नेपाली व्यवसायी वा कम्पनीलार्य विदेशका विक्री शाखा वा अर्ध प्रशोधित निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने उल्लेख छ । यसका लागि निर्यातवाट हुने बार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरिने बजेटमा उल्लेख छ । यस्तो व्यवसायवाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देश भित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने छ । विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लागनी बोडमा रहने व्यवस्था गरिने बजेटमा राखिएको छ ।

विदेशमा वस्ने नेपालीलाई नेपाल स्टक एक्स्चेञ्ज मार्फत शेयर किनवेच गर्न दिने व्यवस्था बजेटमा गरिएको छ । यस अघिका वजेटमा यो उल्लेख भए पनि कार्यान्वयन भने हुन सकेको थिए ।

विदेशमा वस्ने नेपालीले अहिले त्यताको शेयर बजारमा अरर्बौ लगानी गरेका छन् । अमेरिका, अष्ट्रेलियामा शेयरमा लगानी गर्ने थुप्रै नेपाली छन् ।

सरकारले बैंक बीमा दुरुसंचार धितोपत्र लगायत सवै प्रकारका सार्वजनिक तथा वित्तीय कारोवारमा राष्ट्रिय परिचयपत्रको प्रयोग गरिने बजेटमा उल्लेख गरेको छ । यसले विदेशमा वस्ने राष्ट्रिय परिचयपत्र नभएको नेपालीलाई केही अप्ठ्यारो पर्ने छ ।

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर विक्री गर्ने

बजेटमा सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर विक्री गर्ने नीति ल्याएको छ । आम नागरिकलाई शेयर विक्री गरिने बजेटमा उल्लेख छ । तर, नेपाल सरकारको बहुमत शेयर कायम हुने गरी शेयर विक्री गरिने बजेटमा भनिएको छ । यो कम्पनीको संस्थागत सवलीकरणका लागि रणनीतिक साझेदारीको नीति लिइने पनि बजेटमा उल्लेख छ ।

शेयर गर्नुहोस:

11.5k
Shares