मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग सुरु

नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग सुरु


ड्यालस (टेक्सस) । अमेरिकाको टेक्ससमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने उद्वेश्यले नेपाली खाद्यान्न सहयोग कार्यक्रम सुरु गरिएको छ ।

समुदायभित्र बिभिन्न संस्थाहरूसँग अावद्ध भएका र नभएका युवाहरूको स्वस्फूर्त सकृयता र नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्दको सहयोगमा अनि स्थानीय नेपाली संघसंस्थाहरु समेतको सहभागितामा विद्यार्थीहरुका लागि खानेकुरा वितरण (फुड ड्राइभ) कार्यक्रम सुरु गरिएको हो । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनमा शासनमा आएपछि आप्रवासी विद्यार्थीहरुमा देखिएको डर, कलेजमा काम नपाएको र उनीहरुले गर्दै आएको काम छाडेर बेरोजगार बस्नु परेको अवस्थामा सहयोग पुर्याउने उद्वेश्यले फुड ड्राइभ कार्यक्रम सुरु गरिएको हो ।

‘सुरुमा एकजनाको लागि एक महिना पुग्ने खानेकुराहरु दिने गरि यो कार्यक्रम सुरु गरेका छौँ । अप्ठेरो अवस्थामा परेका विद्यार्थी भाई बहिनीहरुलाई सानो भएपनि राहत होस् भनेर यो कार्यक्रम गरिरहेका छौं’ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका आइटी कोअर्डिनेटर जीवन घिमिरेले भने । सहयोग लिने प्राप्त गर्ने विद्यार्थीको परिचय कतैपनि नखुल्ने, तस्वीर समेत नलिइने हुँदा ढुक्कले सहयोग लिन उनले आव्हान समेत गरेका छन् ।

अप्ठेरोमा परेका विद्यार्थीहरुलाई सहयोग गर्न समुदायका सदस्यहरुले स्वफुर्त रुपमा सहयोग गरिरहेका छन् । अहिले पाँचसय विद्यार्थीहरुका लागि पुग्नेगरि चामल, दाल, तेल, चना, तरकारीको प्याकेट तयार पारिएको छ ।

शनिबार ५७ जना विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको थियो । आइतबार अर्भिङ्गमा तीनसयको हाराहारीमा विद्यार्थीलाई वितरण गर्ने तयारी भैरहेको समेत घिमिरेले जानकारी दिए ।

टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीहरुको हव भएको छ । मेट्रोप्लेक्समा रहेका युनिभर्सिटी अफ टेक्सस आर्लिंगटन (युटिए), युनिभर्सिटी अफ टेक्सस ड्यालस (युटिडी), युनिभर्सिटी अफ नर्थ टेक्सस (युएनटी) लगायत कम्युनिटी कलेजहरुमा दुई हजारको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यार्थीहरुलाई लक्षित गरिएको फुड बैंक निरन्तर जारी रहने र सहयोग लिन इच्छुकलाई नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा सम्पर्क राख्न आव्हान गरिएको छ ।