टेक्सस- मगर संघ अमेरिका टेक्सास च्याप्टरद्वारा आयोजित माघे संक्रान्ति २०२५ सांस्कृतिक कार्यक्रम टेक्सासमा भव्य रूपमा सम्पन्न भएको छ। “जहाँ रहे पनि, जहाँ बसे पनि, नबिर्सौं हाम्रो मातृभूमि; जोगाई राखौं युगौयुग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने नारासहित आयोजित कार्यक्रममा मगर समुदायका सांस्कृतिक पक्षहरूको झल्को प्रस्तुत गरिएको थियो।
माघे सक्रान्ति २०२५ शुभकामना साँझमा औपचारिक रुपमा कार्यक्रम संचालन टेक्सस च्याप्टरका सचिव भक्त बहादुर आलेले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष रिम बहादुर थापाले दिए। विशेष अतिथि यूलेस सिटीका उपमेयर टिका पौडेल, नेपाली सोसाइटी टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, र प्रमुख अतिथि मगर संघ अमेरिकाका अध्यक्ष यम पुन मगर, सुबर्ण कार्की लगाएत शुभकामना मन्तव्य राखेका थियो।
कार्यक्रममा कलाकारहरूको आकर्षक प्रस्तुति, मौलिक खानाका परिकार, र मगर समुदायको सांस्कृतिक झल्को विशेष आकर्षण रहे। टेक्ससका विभिन्न शहरबाट सहभागी भएका व्यक्तिहरूले कार्यक्रमलाई अझै भव्य बनाएका थिए।
कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक, र भावनात्मक सहयोग गर्ने सम्पूर्ण प्रायोजक, कलाकार, र स्वयंसेवकप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। आगामी दिनमा अझ स्तरीय कार्यक्रमको आयोजना गर्न निरन्तर सहकार्यको अपेक्षा गरिएको छ। धन्यबाद ज्ञापन र कार्यक्रमको समापन टेक्सस च्याप्टरका अध्यक्ष भिम बहादुर थापाले गरेका थिए ।
माघे संक्रान्ति २०२५ को अवसरमा आयोजित सांस्कृतिक साँझमा प्रमुख कलाकारहरूले आकर्षक प्रस्तुतिहरू दिएका थिए। संगीतकार भिम चापागाई , लोक गायक छबी राज सुनार, गीतकार लीलु गुरुङ, लोक दोहोरी गायिका अमृता लुंगेली मगर, कार्यक्रमका मुख्य आकर्षक: राई ईज किङ राजेश पायल राई,यी प्रतिष्ठित कलाकारहरूको प्रदर्शनले कार्यक्रमलाई अझ विशेष र भव्य बनाएको थियो।
यस कार्यक्रमको सञ्चालन सांस्कृतिक विभागका भिम थापा र कमला थापाले गरेका थिए। कार्यक्रममा विभिन्न मौलिक नृत्यहरूको प्रस्तुति देख्न पाइयो, जसमा सालैजो, कौरा, हुर्रा, सोरठी र झ्याउरे नाच विशेष आकर्षणका रूपमा प्रस्तुत भए। यी नृत्यहरूको विशेषता भनेको तिनीहरूको सांस्कृतिक धरोहर र परम्परागत स्वरूप थियो।
कार्यक्रममा गायक भिम चापगाई र लोक गायक छवि राज सुनरको प्रस्तुतिमा दर्शकहरूले निकै मजा लिए। त्यस्तै, गीतकार लिलु गुरुङको कविता वाचन र लोकदोहोरी गायिका अमृता लुङ्गेलि मगरको प्रस्तुति पनि विशेष थिए।
तर, कार्यक्रमको मुख्य आकर्षण भनेको नेपालका वरिष्ठ गायक राजेश पायल राईको प्रस्तुति थियो, जसमा दर्शकहरूले जम्काभेट साथ दिएका थिए। अर्को महत्त्वपूर्ण पक्ष भनेको करिब ७०० सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई भव्य र सफल बनाएको थियो, जसले सांस्कृतिक पक्षलाई अझ विशेष बनाएको थियो। कार्यक्रमको समापनमा आयोजकले सबै उपस्थित अतिथिहरू र सहभागीहरूको धन्यवाद ज्ञापन गरेका थिए।
प्रतिक्रिया