मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   
मुख्य समाचार   

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन


वासिङ्टन डीसी, अमेरिका- पेशागत र व्यावसायिक पत्रकारहरूको समूहले अमेरिकामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका स्थापना गरेको छ। यो संस्था अमेरिकामा दर्ता गरिएको छ। दर्ता भएपछि सर्वसम्मतरूपमा पहिलो कार्यसमिति गठन गरिएको छ।

संस्थाको अध्यक्षमा पत्रकार रामप्रसाद खनाल चयन भएका छन्। खनाल नेपालका व्यावसायिक टेलिभिजन च्यानल एभिन्युज टेलिभिजनसँग आबद्ध छन्।

संस्था कुनै पनि व्यक्तिविशेष वा समूहका विरुद्ध लक्षित छैन। संस्था सार्वजनिक गरेलगत्तै हिमालय खबरसँग कुराकानी गर्दै खनालले भने, “पत्रकारिता र पत्रकारहरूको हितका लागि अन्तर्राष्ट्रिय रूपमा सञ्जाल बनाई अगाडि बढ्न यो संस्था गठन गरिएको हो। यो विशुद्ध व्यावसायिक पत्रकारहरूको हकहितका लागि हो।”

अमेरिकाको प्रचलित नियम कानुनअनुसार स्थापित र गठित अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको जारी विज्ञप्ति।

 

संस्थाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले कार्य गर्ने उद्देश्य लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ।

महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवनराम भण्डारी, एभिन्युज खबर टेलिभिजनका वरिष्ठ पत्रकार केदार कोइराला, जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्त, र अमेरिकाका पत्रकार सतीश चापागाईं रहेका छन्।

महासंघको महासचिवमा टंक दाहाल, सचिवमा अनिल अधिकारी, र कोषाध्यक्षमा अर्जुन दाहाल चयन भएका छन्।

सल्लाहकारमा योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, पुरु घिमिरे, र विजय घिमिरे रहेका छन्।