मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   

मुनाको अन्तिम बिदाई

मुनाको अन्तिम बिदाई


ह्युस्टन (टेक्सस) । एउटा क्रुर हत्याराले २१ वर्षीय मुनाको ज्यान क्षण भरमै लियो। छोरीले नर्सिंगको पढाई सकाउलिन् र उनको ग्र्याजुएशनमा सहभागी होउँला भनेर दिन गनेर बसेकी आमालाई त्यही छोरीको अन्तिम बिदाईका लागि करिब नौ हजार माइल्स (१४ हजार किलोमिटर) यात्रा गर्नु पर्ला भन्ने कसरी लागोस्? तर बिडम्बना, भयो त्यस्तै!

मुनाकी आमा अनिता अधिकारीले भक्कानिंदै आफ्नो मुटुको टुक्राको छातीमा दाग बत्ती राखेको दृष्यले मन नदुख्ने को होला? सबैका आँखा रसाएका थिए। आमाले आफ्नो कलिली छोरीलाई खरानी पार्ने शवदाह गृहको स्वीच थिच्न पर्दाको क्षण कसरी सम्झन सकिन्छ? सन्तानको अन्तिम बिदाई सायदै कोही आमा-बाबाले चाहन्छन्। तर आज ह्युस्टनमा नचाहेकै क्षणको साक्षी बसे—ह्युस्टनका सयौं नेपाली। अन्तिम बिदाईका लागि सहभागी सबैजना मुनाकी आमा जसरी डाँको छोडेर रुन त सकेनन्, तर आँखा सबैका भिजेका थिए।अनुहार सबैका मलिन् थिए।

Advertisement

१७ दिन अघि अगष्ट २४ मा हत्या गरिएकी मुनाको पार्थिव शरीर आज भौतिक रुपमा विलीन भएको छ। मुनाको आज ह्युस्टनस्थित विनफोर्ड फ्यूनरल होममा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न भएको छ। मुनाको आमा अनिता अधिकारीले धार्मिक विधिपूर्वक दाग बत्ती दिएकी दिइन् भने पशुपतिनाथ मन्दिरका पुजारी दिलीप शास्त्रीले धार्मिक विधि अनुसार अन्तिम संस्कार गराएका थिए।

ह्युस्टनस्थित उनकै अपार्टमेण्टमा गोली हानेर मारिएकी मुनाको अन्तिम बिदाईका लागि उनका आफन्त, नजिकका साथीहरु, उनीसंगै कलेज पढ्ने साथीहरु, ह्युस्टनबासी नेपालीहरु र केही स्थानीय मिडियाकर्मीहरु समेत उपस्थित भएका थिए।

निकै भावविह्लल अन्तिम बिदाईको स्थानीय व्यवस्थापन नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) र मुनाका नजिकका साथीहरुले गरेका थिए। मुनाकी आफन्त रिना थापाद्वारा संयोजित गोफण्डमि अभियानमा आजसम्म जम्मा भएको करिब ३८ हजार पाँचसय डलर आवश्यक खर्च कटाएर बाँकी रहेको रकम मुनाको आमालाई हस्तान्तरण गरिने जानकारी गराइएको छ।

शेयर गर्नुहोस:

9k
Shares
यो पनि पढ्नुहोस