मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या*

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या*

थप विवरण आउन बाँकी

हिमालय खबर

शेयर गर्नुहोस:

275.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(टेक्सस) । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ ।

ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कस्ले, किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ ।

विश्वस्त सुत्रका अनुसार मृतक नेपाली विद्यार्थी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ (पोष्टमार्टम) का लागि शव अस्पताललाई जिम्मा लगाएको छ । मृतकको नाम मुना पाण्डे भएको बताइएको छ ।

अमेरिका कै चौथो ठूला सहर ह्युस्टन अमेरिकाको दक्षिणी राज्य टेक्ससको एक मुख्य शहर हो । न्यूयोर्क, लसएन्जलस, सिकागो पछिको बढी जनघनत्व भएको सिटीमा ह्युस्टन पर्छ ।

सोमवार अपरान्ह अज्ञात नम्वरबाट अपार्टमेण्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको भनिएको छ।त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेको र प्रहरीले अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको हो। मृतकको नेपालमा रहेकी आमा र परिवारलाई घटनाका बारेमा स्थानीय नेपाली समुदायका तर्फबाट खबर गरिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई जानकारी दिएकाछन् ।

नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिन अघि कुराकानी भएको थियो । मुना उनको एउटै मात्र सन्तान रहेको समेत उनले बताइन् ।

थप विवरणहरु प्राप्त भएपछि  हिमालयखबरले यस घटनाका बारेमा अपडेट गर्दै जानेछ।

*  अपडेट गरिएको ।